एकैरातमा पसल,घर र विद्यालय गरी झण्डै एक दर्जन ठाउँमा चोरी
वालिङ :
स्याङ्जाको वालिङमा एकैरातमा पसल,घर र विद्यालय गरी झण्डै एक दर्जन ठाउँमा चोरी भएको छ । आइतबार राती वालिङ नगरपालिका–१३ झोलुङ्गे बजारका पाँच पसल र चार घर र एक विद्यालयमा चोरी भएको हो ।
चोरले जगन्नाथ पाठकको पसलबाट नगद रु ३० हजार र विभिन्न ब्रान्डका मदिराहरु,डिलुरम गैह्रेको राजन किराना पसलबाट नगद रु ८५ हजार र समानहरु,बिट्टु गैह्रेको पसलबाट नगद र समान चोरी गरेको वडा वालिङ–१३ का अध्यक्ष नमलाल डुम्रेले जानकारी दिनुभयो । स्थानीय घडी गुरुङको घरबाट सुन पाँच तोला, पुरन गुरुङको घरबाट गियरवाला साईकल चोरी भएको परिवारले बताएका अध्यक्ष डुम्रेले जानकारी दिनुभयो ।
झोलुङ्गे बजारमा रहेको जीवन ज्योती बोडिङ स्कुल, ब्युटिसियन,किराना पसल र घरहरुमा चोरले ताला फुटाएको पाईएको छ । चोरीको विवरण संंकलन गर्ने काम भईरहेको प्रहरीले जनाएको छ ।
घर तथा पसलहरुमा चोरी भएको जानकारी आएसँगै प्रहरीलाई खवर गरी विवरण संकलनको काम गरिएको वडा अध्यक्ष डुम्रेले बताउनु भयो ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


