बैकिङ्ग कसुरमा प्रभु बैंकका वरिष्ठ डेपुटी सिइओ र सेन्चुरी बैंकका पूर्व सिइओ सहित १० जना पक्राउ ।
काठमाण्डौ:
प्रभु बैंकका वरिष्ठ डेपुटी सिइओ र सेन्चुरी बैंकका पूर्व सिइओ सहित १० जना पक्राउ परेका छन्।
वरिष्ठ डेपुटी सिइओ मनोज न्यौपाने, सेन्चुरीका पूर्वसिइओ तुलसीराम गौतमसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले उनीहरूलाई बैकिङ्ग कसुरमा पक्राउ गरेको छ। नेपाल राष्ट्र बैंकको आग्रहमा केही समयदेखि सिआइबीले यस विषयमा अनुसन्धान अघि बढाएको थियो।
एआइजी किरण बज्रचार्यले मंगलबार १० जनालाई पक्राउ गरिएको जानकारी दिइन्। काठमाडौंका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको हो। सेन्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण अनियमितता गरेको आरोप उनीहरूमाथि छ। प्रहरीका अनुसार दुई अर्ब बढी ऋण प्रवाह गर्दा कम धितो राखेर अनियमितता गरेको आरोप छ।
सिआइबीले यसबारे थप अनुसन्धान गरिरहेको छ।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


