नगरसभाद्वारा तीन विधेयक पारित, शिक्षा ऐन संशोधन
वालिङ :
वालिङ नगरपालिकाको पन्ध्रौं नगरसभाले तीन वटा विधेयक पारित गरेको छ । शनिबार सम्पन्न भएको नगरसभाले स्थानीय मदिराको उत्पादन, ब्राण्डिङ, बिक्री वितरण नियन्त्रण तथा नियमन विधेयक २०८० पारित गरेको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो ।
वालिङ नगरपालिकाको खानेपानी विधेयक २०८०, वालिङ नगरपालिकाको खानी तथा खानीजन्य पदार्थसम्बन्धी ब्यवस्थापन गर्न बनेको विधेयक २०८० पनि नगरसभाबाट पारित भएको छ ।
वालिङ नगरपालिकाको शिक्षा ऐन २०७४ को दफा १३ (क), दफा १३ (घ), दफा १३ (२) को संशोधन गरेको छ ।
वडा अध्यक्षलाई नै विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बनाउने गरी संशोधन प्रस्ताव ल्याईएपछि उपप्रमुखसहित १५ जना सदस्यहरुले नगरसभा बहिस्कार गरेका थिए ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


