नगरसभाद्वारा तीन विधेयक पारित, शिक्षा ऐन संशोधन

वालिङ :
वालिङ नगरपालिकाको पन्ध्रौं नगरसभाले तीन वटा विधेयक पारित गरेको छ । शनिबार सम्पन्न भएको नगरसभाले स्थानीय मदिराको उत्पादन, ब्राण्डिङ, बिक्री वितरण नियन्त्रण तथा नियमन विधेयक २०८० पारित गरेको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो ।

वालिङ नगरपालिकाको खानेपानी विधेयक २०८०, वालिङ नगरपालिकाको खानी तथा खानीजन्य पदार्थसम्बन्धी ब्यवस्थापन गर्न बनेको विधेयक २०८० पनि नगरसभाबाट पारित भएको छ ।
वालिङ नगरपालिकाको शिक्षा ऐन २०७४ को दफा १३ (क), दफा १३ (घ), दफा १३ (२) को संशोधन गरेको छ ।

वडा अध्यक्षलाई नै विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बनाउने गरी संशोधन प्रस्ताव ल्याईएपछि उपप्रमुखसहित १५ जना सदस्यहरुले नगरसभा बहिस्कार गरेका थिए ।

Facebook Comments Box
TOP