वालिङ जेसीज वर्ष २०२४ काे अध्यक्षमा रिजाल
वालिङ :
वालिङ जेसीज वर्ष २०२४ काे लागि यज्ञ पुरूष रिजालले पदभार ग्रहण गर्नुभएको छ। २० अाैं पदस्थापन समारोहमा बाेल्दै नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआइ सिनेटर रविन पाेख्रेलले देशका युवाहरू विदेशिएका प्रति चिन्ता व्यक्त गर्दै नेपाल जेसीजले युवाहरूको व्यवसायीक विकासमा समेत जाेड दिनुपर्ने बताउनुभयाे ।
वर्ष २०२३ का अध्यक्ष मणि प्रसाद अर्यालले वर्ष २०२४ का अध्यक्ष यज्ञ पुरूष रिजाललाई सपथ खुवाउनुभएकाे कार्यक्रममा रिजालले आफ्नो २०२४ काे बाेर्डलाई सपथ खुवाउनुभएकाे थियो । रिजालले ‘सफलताको लागि एकता प्रकरणमा ‘ वर्ष २०२४ रही सकरात्मक समाज रूपान्तरणमा वालिङ जेसीज कटिबद्ध रहने प्रतिबद्धता जनाउनुभयाे।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष वालिङ जेसीज निरूपित अमर घिमिरे , नेपाली काङ्ग्रेस वालिङ नगर सभापति नेत्र प्रसाद पाण्डे , वालिङ जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष अमृत अर्याल , मातृशाखा पाेखरा जेसीजका अध्यक्ष जेसी देवराज शर्मा , लेखनाथ जेसीजका अध्यक्ष प्रकाश राइभाट,वालिङ जेसीजका पूर्व सल्लाहकार ध्रुव शर्मा पंगेनी, वालिङ जेसीजका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद रेग्मी लगायत ले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
इलाका प्रशासन कार्यालय ,सशस्त्र प्रहरी बल बेस क्याम्प र वडा प्रहरी कार्यालय वालिङका प्रमुखहरू, छिमेकी शाखाहरू व्यासनगर,लेखनाथ ,पाेखरा, पाेखरा लेडी, भिरकाेट, लगायत जेसीज शाखाबाट अध्यक्ष तथा कार्यसमिति सदस्यहरूकाे उल्लेख्य उपस्थिति रहेकाे साे कार्यक्रममा विभिन्न अवार्ड तथा मायाकाे चिनाेहरू वितरण साथै नाचगान गरिएको थियो ।
निर्वाचन आयुक्त वालिङ जेसीजका पूर्व अध्यक्ष दिपक प्रसाद लम्सालका अनुसार जेसीज आस्थापाठ वालिङ जेसीज वर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष जेसी करूणा काफ्लेले गर्नुभएको थियोे भने उपाध्यक्ष जेसी युवराज तिवारीले जेसीज मिसन/ भिजन वाचन गर्नुभएको थियो ।
वालिङ जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी ध्रुव पंगेनीले स्वागत गर्नुभएको उक्त कार्यक्रममा धन्यवाद ज्ञापन पूर्व अध्यक्ष जेसी शान्ता थापा र कार्यक्रमकाे सञ्चालन वर्ष २०२४ का महासचिव जेसी विदुर काेइराला र पूर्व अध्यक्ष तथा निर्वाचन आयुक्त दिपक लम्सालले संयुक्तरूपमा गर्नुभएको थियो ।
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
६ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…