वालिङ महोत्सव वालिङ खेलमैदानमै हुने (कसले के भने पत्रकार सम्मेलनमा )।

वालिङ :
आठौँ वालिङ महोत्सव यही माघ १८ देखि २८ गतेसम्म वालिङ खेलमैदानमै हुने भएको छ । आईतबार खेलमैदानमा नै पत्रकार सम्मेलन गरी आठौँ महोत्सव पनि सम्पन्न गर्ने जानकारी दिएको हो ।
वालिङ उद्योग वाणिज्य संघले सातौँ संस्करण सम्मका महोत्सव यही खेलमैदानमै भव्यताका साथ सम्पन्न गरेको भन्दै आठौं महोत्सव खेलमैदानमा नै हुने स्पष्ट पारेको हो ।
कार्यक्रममा महोत्सवका निर्देशक शोभाकान्त पौडेलले वालिङ महोत्सव यहाँको ब्राण्ड भएकाले वालिङको ब्राण्डलाई थप उचाईमा लैजाने यो आठौँ महोत्सवले सहयोग पुग्ने बताउनुभयो । वालिङ महोत्सवको व्यवस्थापकीय, प्रर्वद्धनात्मकलगायतका विषयमा धेरै ठाउँमा चर्चा हुने गरेको भन्दै महोत्सवले गाउँगाउँमा उत्पादन भएका उत्पादनहरुलाई बजारीकरण गर्न सहयोग पुगेको पौडेलको भनाई छ ।
खैल मैदानको दुवो संरक्षण गर्दै महोत्सव गरिने र आगामी दिनहरुमा पनि दुवो संरक्षणमा संघले महत्वपुर्ण भुमिका खेल्ने महोत्सवका संयोजक तथा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो । कार्यक्रममा आठौँ वालिङ महोत्सवका सल्लाहकार समितिका संयोजक तथा वालिङ नगरपालिकाका निवर्तमान् मेयर दिलिपप्रताप खांणले वालिङ खेलमैदान सार्वजानिक मैदान भएको भन्दै महोत्सव नर्गनको लागी खेलकुद परिषदले पठाएको पत्रको कुनै औचित्य नहुँने बताउनभुयो ।


राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता सम्पन्न गरिएको खेलमैदानमा लाखौँ खर्च गरेर दुवो विछ्याईएको भन्दै खेलमैदान भन्दा अन्यत्र महोत्सव गर्न समेत यहाँका स्थानीयले आवाज उठाईरहका थिए । खेलमैदान कसैको स्वामित्वमा नभएको भन्दै खेलमैदानमा खेल्न, कार्यक्रम गर्न, मेला महोत्सव गर्न नपाईने भन्ने विषयको औचित्य नभएको निर्वतमान नगरप्रमुख समेत रहनुभएका खांणले बताउनुभयो ।
पत्रकार सम्मेलनमा पुर्व अध्यक्ष मञ्चका संयोजक पुण्यप्रसाद अर्यालले खेलमैदानमा लगाईएको दुवोको माया र महत्व वालिङ उद्योग वाणिज्य संघलाई पनि भएको भन्दै दुवोलाई नमास्ने गरी खेलमैदानको वरपर रहेका जग्गाहरुमा बालउद्यान तथा अन्य संचरनाहरु निर्माण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दुुवो संरक्षणको लागी वाणिज्य संघ पनि उत्तिकै उत्तरदायी छ ।
दुवोको संरक्षणका लागी संघले महोत्सवबाट हुने बचतको ५ प्रतिशत छुट्याएको छ । मेला महोत्सवले यहाँको पैसा चलायमान हुन्छ । महोत्सव गर्न हुँदैन भन्ने धारणा गलत हो । ” संघले यहाँका व्यापारी व्यवसायीको सल्लाह अनुसार नै महोत्सव गरेको भन्दै मेलाले आन्तरिक पर्यटकको आवागमन हुँदा यहाँकै व्यवसायीलाई फाइदा हुने मञ्चका अध्यक्ष अर्यालले बताउनुभयो ।


“हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने नाराका साथ आयोजना गरिएको महेत्सवमा यहाँका स्थानीय कृषि उपजहरुको बजारीकरण गर्दै वालिङमा रहेका संभावनाहरुको उजागर गर्न महोत्सवले सघाउ पुग्ने महोत्सवका संयोजक तथा संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो । महोत्सवको आर्कषणको रुपमा डान्स आईडल सिजन ३, भजन प्रतियोगिता, रत्यौली गित प्रतियोगिता रहेका छन् ।
महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २५० स्टलहरु रहनेछन् । जसमा ५० प्रतिशत बुक भैईसकेको आयोजकले जनाएको छ । वालिङ तथा आसपासको पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यले जिल्ला भित्र रहेका पर्यटकीय स्थलहरुको जानकारी सहितको फोटो प्रर्दशनी, होमस्टेमा आवासको व्यवस्था समेत गरिनेछ । महोत्सवको संरक्षक संस्थाको रुपमा नेपाल उद्योग वाणिज्य महासंघ र प्रर्वद्धकको रुपमा नेपाल पर्यटन बोड रहको छ भने आयोजक वाणिज्य संघ र वालिङ नगरपालिका रहेको छ ।
महोत्सवमा विभिन्न जातजातिहरुको भेषभुषा, कला संस्कृति समावेश गरिनेछ भने प्रतियोगितात्मक कृषि उपजको प्रर्दशनी रहनेछ । महोत्सवमा विद्यार्थीका लागी ७० र अन्यका लागी १ सय टिकट तोकिएको छ । महोत्सवमा यहाँका स्थानीय व्यापारीले स्टल राख्न चाहेमा ३० प्रतिशत छुट समेतको व्यवस्था गरिएको छ । महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्नेछन भने महोत्सव अवधिभर १० करोड भन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ ।
महोत्सवबाट १ करोड २६ लाख आम्दानी गरी ७९ लाख ५१ हजार खर्च गरी ५६ लाख ४८ हजार बचत गर्ने आयोजकको लक्ष्य छ ।
पत्रकार सम्मेलनमा पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल,निवर्तमान् अध्यक्ष ओमप्रकाश शर्मा, महासंघका गण्डकी प्रदेश सदस्य प्रकाश डोटेल,पत्रकारहरु केपी खनाल,रामु भट्टराई,Joj;foL s[i0f 8’d|] लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम संघका अध्यक्ष चेतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष अनुपमा ढुगाना,समापन उपाध्यक्ष खगेन्द्रप्रसाद अर्याल र संचालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP