दाङमा नाइट बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु ।
काठमाण्डौ:
बर्दियाबाट काठमाडौं जाँदै गरेको नाइट बस दाङमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
दाङको लमही नगरपालिका-९ स्थित रिहार प्रहरी चौकीबाट ४ किलोमिटर पश्चिमको जंगल क्षेत्रमा प्रदेश ३- ०१००५ ख ९७१९ नम्बरको रात्री बस आइतबार राति ११ बजे दुर्घटना भएको दाङका प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए।
दुर्घटनमा परी बर्दियाको गेरुवा गाउँपालिकाका – १ का ३६ बर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको डिएसपी मल्लले बताए। डिएसपी मल्लका अनुसार सडकको भित्तामा बस ठोक्किदा दुई जनाको च्यापिए घटनास्थलमै मृत्यु भएको हो। ‘बस जंगल क्षेत्रको सडकको भित्तामा ठोक्किन थालेपछि दुई जनाले ज्यान जोगाउन हाम फाल्न खोज्दा च्यापिएर घटनास्थलमै मृत्यु भएको जस्तो देखिएको छ,’डिएसपी मल्लले भने।
चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ। दुर्घटनामा चालक मात्रै घाइत छन्। बसमा सवार अन्य यात्रु निदाएको तथा सबै सकुशल रहेको प्रहरीले बताएको छ। मृतक दुबै जनाको पोष्टमर्टमका लागि दाङको लमही अस्पतालमा राखिएको छ। घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ।
पुस २८ गते राति महेन्द्र राजमार्ग अन्तरगत बाँकेको नेपालगंजबाट काठमाडौं जाँदै गरेको बस दाङको राप्ती गाउँपालिका – १ भालुवाङस्थित राप्ती पुलबाट खस्दा १२ जनाको मृत्यु भएको थियो। २४ जना घाइते भएका थिए।
लामो दुरिका सवारी साधनमा दुई जना चालक राख्नुपर्ने नियम कार्यान्वयन नहुँदा दुर्घटना नियन्त्रण हुन सकेको छैन।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


