त्रिभुवन विश्वविद्यालयले शैक्षिक प्रमाणपत्र वितरण अनलाइन प्रणाली मार्फत गर्ने घोषणा ।
काठमाण्डौ:
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले विद्यार्थीले दिएको अनलाइन आवेदनका आधारमा शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने घोषणा गरेको छ ।
मंगलबार परीक्षा नियन्त्रक पुष्पराज जोशीले सूचना प्रकाशित गर्दै माघ १५ गते अनलाइनबाट शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने घोषणा गरेका हुन् । परीक्षा नियन्त्रण कार्यालयको सेवा छिटो, छरितो बनाउन दुई सातादेखि केन्द्रीय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी यूनियनले दबाबमूलक कार्यक्रम गर्दै आएको छ । स्ववियूले सहमति, सम्झौताभन्दा पनि माग पूरा भएको ग्यारेन्टी भएमात्र धर्नालगायत विरोध र आन्दोलनको कार्यक्रम फिर्ता लिने जनाएको छ ।
मंगलबार बसेको केन्द्रीय परीक्षा सञ्चालक समिति बैठकले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट समेत दिइने सुविधा अनलाइन माध्यमबाट हुने निर्णय गरेको थियो । ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपी र त्रुटि सच्याउने कामसमेत अनलाइन आवेदन दिएर गर्न सकिने परीक्षा नियन्त्रकले प्रतिबद्धता जनाएका छन् । शुल्कसमेत अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिने सूचनामा उल्लेख छ । अनलाइन प्रणालीसम्बन्धी विस्तृत विवरण माघ १० गते सार्वजनिक गरिने समेत कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयमा शैक्षिक प्रमाणपत्र प्राप्तिका लागि दिनभर लाइन बस्नुपर्ने, बैंकमा शुल्क बुझाउन पनि त्यस्तै लाइन खेप्नु पर्ने, शैक्षिक प्रमाणपत्रहरु प्राप्त गर्न हप्तौं कुर्नपर्ने, आवेदन दिन देशभरका विद्यार्थी केन्द्रीय र शैक्षिक कार्यालय नै धाउनु पर्ने लगायतका समस्या कायमै छन् । स्ववियूले विद्यार्थीलाई सुविधा हुने गरी कार्यालयले सेवा प्रवाह गर्नुपर्ने माग राखेको सचिव सिद्धान्त भट्टले जनाए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


