स्याङ्जामा उत्कृष्ट बन्यो अर्जुनचौपारी गाउँपालिका
स्याङ्जा :
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका जिल्लामै उत्कृष्ट बनेको छ । गाउँपालिकाले स्वमूल्याङ्कनमा ९४ प्रतिशत अङ्क प्राप्त गर्दै पहिलो बनेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष शर्मा आर्थिक वर्ष २०७९-२०८० को कार्यसम्पादन स्वमूल्याङ्कनमा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका जिल्लामै उत्कृष्ट भएको बताउनुभयो । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा अहिलेसम्म स्याङ्जा जिल्लाको अर्जुनचौपारी सहित नौ स्थानिय तहको नतिजा सार्वजनिक भएको हो ।
गाउँपालिकाले सङ्गठन तथा प्रशासन ,वित्तीय तथा आर्थिक व्यवस्थापन , सार्वजनिक सेवा प्रवाहमा , न्यायिक कार्यसम्पादन ,सामाजिक समावेशीकरण र सहकार्य तथा समन्वयमा शत प्रतिशत अङ्क ल्याउन सफल भएको छ । यस्तै शासकीय प्रबन्धमा ९४.४४ %, आर्थिक बजेट तथा योजना व्यवस्थापन मा ८६.३६ % ,भौतिक पूर्वाधार मा ८०.७७ % र
वातावरण तथा विपत् व्यवस्थापन ८३. ३३ % अङ्क ल्याउन सफल भएको हो । हरेक पालिकाले माघको पहिलो साताभित्र नतिजा सार्वजनिक गरिसक्नुपर्ने प्रावधान छ । चापाकोट नगरपालिका र हरिनास गाउँपालिका बाहेक सबै स्थानीय तह को नतिजा सार्वजनिक भएको मध्ये अर्जुनचौपारी गाउँपालिका अघि देखिएको हो ।
सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष स्थानीय तहहरूको कार्य सम्पादन मूल्याङ्कन गर्ने गरेको छ । सोही मूल्याङ्कनका आधारमा स्थानीय तहले बजेट पाउने गरेका छन् ।

समाचार
थप सामाग्री-
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।
-
स्याङ्जाकी आयुष्मा काफ्लेले राष्ट्रिय वक्तृत्वकलामा सयजनालाई पछि पार्दै चौथो स्थान हासिल ।
-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
२ हप्ता अगाडि
वालिङ : श्रीमान् गुमाएको पीडाले विक्षिप्त बन्दै अस्पतालको बेडमा जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेकी श्रीमतीको पनि अन्ततः चौध दिनपछि…


