सूर्यज्योति लाईफ ईन्स्योरेन्सद्धारा दाबी भुक्तानी
प्रकाश डोटेल/स्याङ्जा :
सूर्यज्योति लाईफ ईन्स्योरेन्स कम्पनी लि. पुतलीबजार शाखाले घातक रोग बिरुद्धको दाबी भुक्तानी गरेको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ११ जैसीडाँडाका कुञ्जन अर्यालको जीवन बीमा गरेको झण्डै ३ वर्षपछि उनकी आमा जमुना आचार्य अर्याललाई स्तन क्यान्सर भएपछि कम्पनीले घातक रोग बिरुद्धको दाबी भुक्तानी गरेको हो ।
कम्पनीका पुलतीबजार शाखा प्रमुख सुजन पोखरेलले बीमितकी आमा जमुनालाई ९ लाख ५० हजार ५ सय ७६ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् । आमा जमुनाले छोरा कुञ्जनको १० लाख बराबरको सूर्यज्योति सुनौलो भविश्य बाल जीवन बीमा गरेकी थिईन् ।
बीमितकी आमा जमुनाले ईन्स्योरेन्स कम्पनीले दिएको रकमबाट उपचार खर्चमा सहजता ल्याएको बताईन् । रोग र आर्थिक क्षति बिरुद्ध बीमा कम्पनीले पु¥याउने योगदानको कदर गर्दै बीमा अभिकर्ता भएर काम थाल्नृ समेत उनले सुनाईन् ।
आमा जमुनाको स्तन क्यान्सर भएपछि उनका पिता ख्यामराज अर्यालले कम्पनीले हालसालै जारी गरेको “सूर्यज्योति सहि प्लान” अन्र्तगत १५ लाख बरारबको आजीवन बीमा गरेका छन् । उक्त बीमा पोलिसी कम्पनीका पुतलीबजार शाखा अप्रेशन बिभागका कर्मचारी निशा बस्यालले हस्तान्तरण गरेकी थिईन् ।
झण्डै ३ वर्ष अघिदेखि पुतलीबजार शाखा संचालनमा ल्याएको सूर्यज्योति लाईफ ईन्स्योरेन्स कम्पनीले घातक रोग बिरुद्धको पहिलो दाबी भुक्तानी गरेको छ । कम्पनीको पुतलीबजार शाखामा झण्डै १ हजार जनाले विभिन्न योजनाका जीवन बीमा गरेको शाखाले जनाएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


