सूर्यज्योति लाईफ ईन्स्योरेन्सद्धारा दाबी भुक्तानी

प्रकाश डोटेल/स्याङ्जा :
सूर्यज्योति लाईफ ईन्स्योरेन्स कम्पनी लि. पुतलीबजार शाखाले घातक रोग बिरुद्धको दाबी भुक्तानी गरेको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ११ जैसीडाँडाका कुञ्जन अर्यालको जीवन बीमा गरेको झण्डै ३ वर्षपछि उनकी आमा जमुना आचार्य अर्याललाई स्तन क्यान्सर भएपछि कम्पनीले घातक रोग बिरुद्धको दाबी भुक्तानी गरेको हो ।
कम्पनीका पुलतीबजार शाखा प्रमुख सुजन पोखरेलले बीमितकी आमा जमुनालाई ९ लाख ५० हजार ५ सय ७६ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् । आमा जमुनाले छोरा कुञ्जनको १० लाख बराबरको सूर्यज्योति सुनौलो भविश्य बाल जीवन बीमा गरेकी थिईन् ।
बीमितकी आमा जमुनाले ईन्स्योरेन्स कम्पनीले दिएको रकमबाट उपचार खर्चमा सहजता ल्याएको बताईन् । रोग र आर्थिक क्षति बिरुद्ध बीमा कम्पनीले पु¥याउने योगदानको कदर गर्दै बीमा अभिकर्ता भएर काम थाल्नृ समेत उनले सुनाईन् ।
आमा जमुनाको स्तन क्यान्सर भएपछि उनका पिता ख्यामराज अर्यालले कम्पनीले हालसालै जारी गरेको “सूर्यज्योति सहि प्लान” अन्र्तगत १५ लाख बरारबको आजीवन बीमा गरेका छन् । उक्त बीमा पोलिसी कम्पनीका पुतलीबजार शाखा अप्रेशन बिभागका कर्मचारी निशा बस्यालले हस्तान्तरण गरेकी थिईन् ।
झण्डै ३ वर्ष अघिदेखि पुतलीबजार शाखा संचालनमा ल्याएको सूर्यज्योति लाईफ ईन्स्योरेन्स कम्पनीले घातक रोग बिरुद्धको पहिलो दाबी भुक्तानी गरेको छ । कम्पनीको पुतलीबजार शाखामा झण्डै १ हजार जनाले विभिन्न योजनाका जीवन बीमा गरेको शाखाले जनाएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…