भूकम्प सुरक्षा दिवस : शसस्त्र प्रहरीद्वारा आँधीखोलामा उद्धारको पूर्वाभ्यास ।
राधाकृष्ण डुम्रे/वालिङ :
साईरन बजाउदै हुईकिएर आँधीखोला तर्फ गईरहेको दमकल देखपछि वालिङ भुम्रेका नागरिक एकछिन अलमल परे, दमकल आँधीखोलाको पुलमा गएर रोकियो । अर्काे तर्फ खाँधीखोलाको तिरमा धुँवाको मुस्लो देखिन्थ्यो भने अर्काे तर्फ केही व्यक्तिहरुले बचाउ बचाउ भन्दै चिच्याईरहेका देखिन्थे । यो दृश्य भूकम्प सूरक्षा दिवसको अवसर पारेर सशस्त्र प्रहरीले सञ्चालन गरेको बिपद उद्धार कार्यको पूर्वाभ्यासको होे ।
सशस्त्र प्रहरी ४ नम्वर मुक्तिनाथ बाहिनी र सशस्त्र प्रहरी वालिङ ३० नं.गुल्मद्वारा वालिङ नगरपालिका–९ स्थित आँधीखोलामा मंगलबार भूकम्प सुरक्षा दिवसको अवसर पारेर उद्धारको पूर्वाभ्यास गरिएको हो ।
पूर्वाभ्यासमा सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुद्वारा भूकम्पमा परेका, बाढीमा बगेको, डुबेको, पहिरोमा फसेको तथा बाढीमै फसेका व्यक्तिलाई उद्धार गरिएको थियो । उद्धार गरिएका घाईतेहरुलाई खोलाको तिरमा नै प्राथमिक उपचार केन्द्रको स्थापना गरेर उपचारको अभ्यास गरिएको थियो ।
नदीमा डुवेका व्यक्तिलाई गोताखोरको सहायताले उद्धार गरिएको थियो । प्रहरीले अग्लो ठाँउबाट रसीको सहायताले घाईतेको उद्धार कसरी गरिन्छ भन्ने नमुना पनि प्रस्तुत गरेका थिए ।
मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्वतयारीस्वरुप वालिङमा सुरक्षाकर्मीहरुले उद्धारको पूर्वाभ्यास गरेको शसस्त्र प्रहरीका ३० नं.गुल्मका प्रमुख देवराज जोशीले जानकारी दिनुभयो ।
सो अवसरमा गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक विकास कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरीले सञ्चालन गरेको ‘समुदाय खोज र उद्धार तालिम’ को समापन पनि गरिएको छ । शसस्त्र प्रहरीले विगत केही समय देखि सोही क्षेत्रमा तालिम सञ्चालन गर्दै आएको थियो ।
समाचार
थप सामाग्रीस्याङ्जा आइसिसी भलिबल कपको उपाधि बिरुवालाई
३ हप्ता अगाडि
वालिङ : स्याङ्जा आइसिसी प्रथम भलिबल कप प्रतियोगिताको उपाधि बिरुवा गाउँपालिले जितेको छ । सोमबार वालिङमा भएको फाइनल खेलमा पुतलीबजार…