पुतलीबजारको चौधौं नगरसभा सम्पन्न

स्याङ्जा :

पुतलीबजार नगरपालिकाको चौधौं नगरसभा हिजो पुतलीबजार नगरपालिका १ स्थित सिटीहलमा सम्पन्न भएको छ । नगरप्रमुख तुलसीराम रेग्मी र उपप्रमुख देवी अर्यालले सभाको संयुक्त उदघाटन गर्नु भएको थियो । सभामा बिभिन्न बिभिन्न बिषयगत समितिका प्रतिवेदन सहित छलफल एवं पारित गरिएको थियो । न्यायिक समितिका संयोजक एवं उपप्रमुख देवी अर्यालले न्यायिक समितिको प्रतिवेदन, बिधायन समितिका संयोजक अनिता रुचालले बिधायन समितिको प्रतिवेदन, पूर्वाधार विकास समितिका संयोजक अर्जुनकुमार काकीले पूर्वाधार विकास समितिको प्रतिवेदन, आर्थिक विकास समितिका संयोजक मनोज पौडेलले आर्थिक विकास समितिको प्रतिवेदन, संस्थागत क्षमता विकास सेवा प्रवाह तथा सुशासन समितिका संयोजक संजिता अर्याल नेपालले प्रगती प्रतिवेदन, सामाजिक विकास समितिका संयोजक इमबहादुर सेनले सामाजिक विकास प्रतिवेदन, बन वातावरण तथा सरसफाई समितिका संयोजक जितेन्द्रपकाश मल्लले बन वातावरण सम्बन्धी प्रतिवेदन, लेखा समितिका संयोजक सन्तोष रेग्मीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत बिषयगत प्रतिवेदन माथि छलफल गरि पारित गरिएका थिए । ।सोही कार्यक्रममा शुसासन ब्यवस्थापन र संचालन बिधेयक २०८०, सार्वजनिक खरिद नियमावली २०८०, प्रज्ञा प्रतिष्ठान ऐन २०८० माथि संशोधन एवं छलफल भएका छन् । बिषयगत समितिमा उठेका प्रश्नका जवाफ पनि विषयगत समितिका संयोजकले दिनुभएको थियो । सोही कार्यक्रममा नगरपालिकाभित्रका शिक्षक, कर्मचारी, करदाता, टोल विकास संस्था, स्वास्थ्यकर्मी, स्वयंसेविका तथा उपभोक्ता समितिमा रही उत्कृष्ठ सेवा गर्नेलाई पुरस्कृत एवं सम्मान गरिएको थियो । सभाका उठेका बिभिन्न जिज्ञासा एवं प्रश्नलाई नगरप्रमुख तुलसीराम रेग्मीले जवाफ दिदै नगरपालिकाको विकास र समुन्नतीका लागि नगरबासी एवं सरोकारवाला सवैको साथ र सहयोग आवश्यक रहनेमा जोड दिनुभयो । नगरप्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले स्वागत एवं प्रशासन प्रमुख ताराचन्द्र ढकालले संचालन गर्नुभएको थियो ।

Facebook Comments Box
TOP