नवजागरण संस्थाको अध्यक्षमा पुनः खनाल ।

Nawajagaran NGO Syangja (3)

वालिङ :

नवजागरण संस्था वालिङ १० को दोस्रो साधारण सभा तथा पहिलो अधिवेसन गह्रौँसुर परिसरमा सम्पन्न भएको छ । अधिवेसनले पुनः अर्जुनप्रसाद खनालको अध्यक्षतामा समिति गठन गरेको छ । संस्थाको सचिवमा तिलकप्रसाद पराजुली, कोषाध्यक्षमा हिमलाल पंगेनी, सदस्यहरुमा कविता भुषाल, मैयादेवि लम्साल, पुर्णकला वोस्ती, चेतनारायण श्रेष्ठ, यज्ञ प्रसाद अधिकारी, चक्रबन्धु रेग्मी रहुनभएको छ । साधारण सभा तथा अधिवेसनको उद्दघाटन अध्यक्ष अर्जुनप्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत यज्ञ प्रसाद अधिकारी र संचालन तिलकप्रसाद पराजुलीले गर्नुभएको थियो ।

Nawajagaran NGO Syangja (1)
Nawajagaran NGO Syangja (1)

२२ महिना अघि स्थापना भएको संस्थाले सानाठुला गरी २६ ओटा कार्यक्रम सम्पन्न गरेको संस्थाले जनाएको छ । संस्थाले आयआर्जनका लागी बंगुरका पाठापाठी वितरण, अदुवाको बिउ वितरणलगायतका विभिन्न कार्यक्रम गरेको जनाएको छ भने वालिङ १० पुर्णामृत भवानी मावि जाने बाटोमा करिव २ रोपनी जग्गामा पार्क समेत निर्माण सम्पन्न भईसकेको संस्थाका अध्यक्ष खनालले बताउनुभयो ।

संस्थाले आगामी दिनमा सामाजिक कार्य गर्नका लागि कोषको समेत निर्माण गरेको छ । कोष मार्फत निरन्तर सामाजिक कार्य गर्ने लक्ष्य राखेको संस्थाका अध्यक्ष खनालले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP