पाटन उच्च अदालतका बहालवाला न्यायाधीशको निधन ।
काठमाण्डौ:
पाटन उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको हृदयाघातबाट निधन भएको छ।
उनको शव कलंकीको नेसनल हस्पिटलमा राखिएको छ। घरमै हृदयाघात भएका उनलाई एट्याक आएलगत्तै आज बिहान उपचारका लागि अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
५६ वर्षीय मरासिनी सरुवा भएर दुई दिनअघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए। उच्च अदालतले आज सबै पेसी स्थगित गरेको छ।
न्यायपरिषद्ले गत १८ पुसमा उच्च अदालतमा रिक्त रहेको ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो। रौतहट जिल्ला अदालतबाट उनी उच्चमा भर्खर बढुवा भएर उच्च अदालत आएका थिए। उनको आजै उच्च अदालतमा एकल इजलास र न्यायाधीश चन्द्रमणि ज्ञवालीसँग संयुक्त इजलास तोकिएको थियो। का
समाचार
थप सामाग्री
पोखराकाे जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै
१ महिना अगाडि
पोखरा : पोखरामा रहेकाे गण्डकी मेडिकल कलेज (जिएमसी) मा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु भएकाे छ । डा….


