पाटन उच्च अदालतका बहालवाला न्यायाधीशको निधन ।
काठमाण्डौ:
पाटन उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको हृदयाघातबाट निधन भएको छ।
उनको शव कलंकीको नेसनल हस्पिटलमा राखिएको छ। घरमै हृदयाघात भएका उनलाई एट्याक आएलगत्तै आज बिहान उपचारका लागि अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
५६ वर्षीय मरासिनी सरुवा भएर दुई दिनअघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए। उच्च अदालतले आज सबै पेसी स्थगित गरेको छ।
न्यायपरिषद्ले गत १८ पुसमा उच्च अदालतमा रिक्त रहेको ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो। रौतहट जिल्ला अदालतबाट उनी उच्चमा भर्खर बढुवा भएर उच्च अदालत आएका थिए। उनको आजै उच्च अदालतमा एकल इजलास र न्यायाधीश चन्द्रमणि ज्ञवालीसँग संयुक्त इजलास तोकिएको थियो। का
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


