प्रवचन कार्यक्रम गरेर विराध जनायो राप्रपाको धार्मिक संगठनले ।

वालिङ :
स्याङ्जाको वालिङमा राष्ट्रिय प्रजातान्त्रिक धार्मिक संगठनले विरोधसभा सम्पन्न गरेको छ । नेपाल सरकारका मन्त्री सुदन किराँतीले दिएको अभिव्यक्तिको विरुद्धमा संगठनले मङ्गलबार विरोधसभा गरेको हो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘क्रिस्चियन धर्म नमान्ने सबै देशद्रोही हुन् भन्ने गैरजिम्मेवारी पूर्ण अभिव्यक्ति विरुद्ध विरोध सभाको आयोजना गरिएको संगठनले जनाएको छ ।
कार्यक्रममा सनातन जागरण अभियन्ता चैतन्यकृष्णले यस्तो गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिने मन्त्री किराँतीले तुरुन्त राजिनामा दिनुपर्ने बताउनुभयो । अन्य मुलुकमा भएको भए दुईदिनमा राजिनामा दिइसक्ने उल्लेख गर्दै चैतन्यकृष्णले नेपालमा यस्तो संस्कार नबसेकाले गलत व्यक्तिहरु राज्यका जिम्मेवार पदमा रहिरहने प्रवृत्ति हावी भएको बताउनुभयो । यस्ता गलत व्यक्ति र कुसंस्कारको विरुद्धमा सबैजना एकतावद्ध भएर लाग्नुपर्ने उहाँले औंल्याउनुभयो ।
कार्यक्रमका अवसरमा चैतन्यकृष्णले वैदिक सनातन धर्म, संस्कार र संस्कृति सम्बन्धी प्रवचनसमेत दिनुभएको थियो । कार्यक्रममा वैदिक सनातनी धर्मावलम्वी, समाजसेवी, शैक्षिक व्यक्तित्वलगायत सर्वसाधारणको सहभागिता रहेको थियो ।
Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP