त्रिविमा थेसिस बुझाउन बाँकी रहेकालाई फेरि मौका ।
काठमाण्डौ:
त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले २०५८ सालपछि भर्ना भई थेसिस, टर्मपेपर, प्रोजक्ट रिपोर्ट, इन्टर्नसीप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पुरा नगरेका परीक्षार्थीलाई एक पटकका लागि मौका दिने निर्णय गरेको छ ।
गत २५ पुसमा बसेको प्राज्ञिक परिषद स्थायी समितिको बैठकले वार्षिक परीक्षा अन्तर्गतका २०५८ मा अथवा त्यसभन्दा पछि भर्ना भई सैद्धान्तिक परीक्षा पास गरेका तर थेसिस, टर्मपेपर, प्रोजक्ट रिपोर्ट, इन्टर्नसीप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पुरा नगरेका परीक्षार्थीलाई एक पटकका लागि मौका दिने निर्णय गरेको जनाएको छ ।
वार्षिक प्रणाली अन्र्तगत २०५८ मा भर्ना भई भएका र सो पछि भर्ना भई समय सिमा काटेकाहरु तथा समेष्टेर प्रणाली अन्तर्गत २०६८ सालमा भनाई भई समय सिमा काटेकालाई २०८१ असार मसान्त भित्र सम्बन्धित क्याम्पस तथा विभागमा बुझाइ भाईभा समेत गर्ने गरी एक पटकको लागि अवसर दिने निर्णय गरेको छ ।
साथै एमफिल तहका परीक्षार्थीहरुको हकमा २०६८ सालमा भर्ना भई समय सिमा काटेकालाई पनि एक पटकको लागि मौका दिने निर्णय गरेको उल्लेख गरिएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


