अर्जुनचौपारी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

स्याङ्जा :
अर्जुनचौपारी गाउँपलिकाले आफनै पालिका भवनमा आखाँ उपचार केन्द स्थापना गरेको छ । नेत्रज्योती संघ, हिमालय आखाँ अस्पताल र गाउँपालिकाको सयुक्त सहकार्यमा आखाँ उपचार केन्द्र स्थापना गरिएको हो ।
आइ केयर फाउण्डेसनले १० लाख बराबरको उपकरण प्रदान गरेसगै उपचार केन्द्र स्थापनाको सुरुवात गरिएकोे हो । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले आर्थिक अवस्था कमजोर हुदाँ उपचारमा समस्या नहोस भन्ने हेतुले सेवा केन्द्रको पालिका भवनमै शुभारम्भ गरेको बताउनुभयो । उहाँले पालिका खुल्दाको दिनमा आखाँ प्राबिधिकबाट दैनिक उपचार गर्न पाउने बताउदै कुनै खर्च नलाग्ने बताउनुभयो । उपचारमा गर्ने नसक्ने पालिकाबासीलाई अप्रेसन सम्मको सेवा नि शुल्कदिने उहाँको भनाई थियो ।
हिमालय आखा ँअस्पतालका निर्देशक डा इलिया श्रेष्ठले पालिकाको पहलमा यहाँ आखाँ उपचार केन्द्र स्थापना गरिएको बताउनुभयो । उपचार केन्द्रबाट आखाँका ८० प्रतिशत बिरामीको उपचार हुने बताउनुभयो । उपचार केन्द्रमा प्राबिधिकको ब्यवस्था आखाँ अस्पतालले गरेको छ भने सेवा सेवा सुबिधा पालिकाले ब्यवस्था गर्ने जनाइएका छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…