शसस्त्र प्रहरीको ३० नं.गुल्मले मनायो छैठौंं युनिट स्थापना दिवस ।
वालिङ :
शसस्त्र प्रहरी बल नेपाल नम्बर ३० गुल्म हेडक्वाटर वालिङले छैठौं युनिट स्थापना दिवस मनाएको छ ।
युनिट स्थापना दिवसको अवसरमा बोल्नुहुदै नम्बर ४ मुक्तिनाथ बाहिनि मुख्यालय कास्कीका सहायक बाहिनिपति शसस्त्र प्रहरी वरिष्ठ उपरिक्षक कृष्णराज पाठकले सकारात्मक सोच, जोस र जागरका साथ अगाडी बढ्न शसस्त्र प्रहरी जवानहरुलाई आग्रह गर्नुभयो । साथै शान्ति व्यवस्था कायम राख्न अझ आगामी दिनमा परिष्कृत रुपमा लाग्न पनि उहाँको आग्रह छ ।
कार्यक्रममा ३० नम्बर गुल्मका गुल्मपति देवराज जोसीले गुल्मलाई हरबखत हरेक तबरबाट सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शसस्त्र प्रहरी नायब निरीक्षक परमबन्धु अर्यालले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्नुभएका साथै विभिन्न प्रतियोगितामा विजयी हुनुभएका शसस्त्र प्रहरी जवानहरु सम्मान पत्र तथा प्रमाण पत्रद्धारा पुरस्कृत हुनुभएको थियो । साथै व्यारेकलाई यो स्थानसम्म ल्याईपु¥याउनका लागी विभिन्न पक्षबाट सहयोग गर्नुभएका सामाजिक व्यक्तित्वहरुलाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको थियो ।

समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


