शसस्त्र प्रहरी दिवसमा रक्तदान र आँखा परीक्षण ।
वालिङ :
तेईसौं सशस्त्र प्रहरी दिवस तथा छैटौं युनिट स्थापना दिवसकासोमबार स्याङ्जाको वालिङमा रक्तदान र आखा परीक्षण गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल ३० नं गुल्म हेडक्वाटर स्याङ्जाको आयोजनामा नेपाल रेडक्रस सोसाईटी स्याङ्जा र वालिङ नगरपालिकाको स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा वालिङमा रक्तदान गरिएको गुल्मपति देवराज जोशीले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीका २४ जना र सर्वसाधारण १२ जनाबाट ३६ युनिट रगत सङ्कलन गरिएको हो । सङ्कलन गरिएको रगत नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको रक्तसञ्चार केन्द्रमा राखिएको छ ।
रक्तदान कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रे, निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँण, वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा, स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डे, नेपाल रेडक्रस सोसाईटी स्याङ्जाका उपमन्त्री खगेन्द्रप्रसाद अर्याल, पेखु बाघखोर उपशाखाका सभापति विष्णुप्रताप खाँण, आँधीखोला उपशाखाका मधुसुदन उपाध्यायलगायतको उपस्थिति रहेको थियो ।
यस्तै ३० नं गुल्ममा कार्यरत सशस्त्र प्रहरीहरुको निशुल्क आँखाको परीक्षण तथा उपचार गरिएको छ । गह्रौ प्राथमिक अस्पतालमा रहेको जिल्ला आँखा उपचार केन्द्र वालिङको प्राविधिक सहयोगमा ४८ जनाको निशुल्क आँखाको परीक्षण तथा उपचार गरिएको छ ।
५ जनामा उमेर अनुसार आँखामा देखिने सामान्य समस्या देखिएतापनि अन्यमा कुनैपनि जटिल समस्या नदेखिएको आँखा उपचार केन्द्रका प्रमुख तेज गुरुङले जानकारी दिनुभयो । आँखामा देखापर्ने समस्या, लक्षणहरु, उपचार तथा समाधानका विषयमा परामर्शसमेत दिईएको प्रमुख गुरुङले बताउनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जा नागरिकता किर्ते प्रकरण : प्रशासकीय अधिकृतसहित तीन कर्मचारी र एक जना पुर्पक्षका लागि कारागार चलान
-
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।
-
स्याङ्जाकी आयुष्मा काफ्लेले राष्ट्रिय वक्तृत्वकलामा सयजनालाई पछि पार्दै चौथो स्थान हासिल ।
-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले गरेको विशेष चेकजाँचका क्रममा ठूलो परिमाणको नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।…


