स्याङ्जामा ट्याक्टर र जेसीबी नियन्त्रणमा
स्याङ्जा :
अवैध रूपमा गिट्टी बालुवा उत्खनन तथा ओसारपसारमा संलग्न रहेको एक ट्याक्टर र जेसीबीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको ।
प्रहरीले ग १ क ६१८७ नं. को जेसीबी र लु ४ त १४२२ नं. को ट्याक्टरलाई पुतलीबजार नगरपालिका–२ दबिस्थान अरौदी खोलाबाट नियन्त्रणमा लिएको हो ।
प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले नियन्त्रणमा लिएको जेसीबी र ट्याक्टरलाई थप कारबाहीका लागि पुतलीबजार नगरपालिकाको कार्यालय स्याङ्जामा पठाएको बताउनुभयो ।
अर्जुन चौपारीमा जरिवाना
अवैध रूपमा ढुङ्गा उत्खनन् गरेको अवस्थामा नियन्त्रणमा लिएको ट्याक्टरलाई जरिवाना गरिइएको छ ।
पालिका प्रशासकीय अधिकृत आशिष शर्माले दरौखोलामा ढुङ्गा उत्खनन् गर्ने ग १ त ६४५१ को ट्याक्टरलाई जरिवाना गरेको बताउनुभयो ।
पालिकाको नियमावली अनुसार पहिलो पटक १५ हजार रुपियाँ जरिवाना गरेको हो भने दोस्रो पटक २० र तेस्रो पटक २५ हजार जरिवाना गर्ने शर्माले बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


