स्याङ्जामा ट्याक्टर र जेसीबी नियन्त्रणमा
स्याङ्जा :
अवैध रूपमा गिट्टी बालुवा उत्खनन तथा ओसारपसारमा संलग्न रहेको एक ट्याक्टर र जेसीबीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको ।
प्रहरीले ग १ क ६१८७ नं. को जेसीबी र लु ४ त १४२२ नं. को ट्याक्टरलाई पुतलीबजार नगरपालिका–२ दबिस्थान अरौदी खोलाबाट नियन्त्रणमा लिएको हो ।
प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले नियन्त्रणमा लिएको जेसीबी र ट्याक्टरलाई थप कारबाहीका लागि पुतलीबजार नगरपालिकाको कार्यालय स्याङ्जामा पठाएको बताउनुभयो ।
अर्जुन चौपारीमा जरिवाना
अवैध रूपमा ढुङ्गा उत्खनन् गरेको अवस्थामा नियन्त्रणमा लिएको ट्याक्टरलाई जरिवाना गरिइएको छ ।
पालिका प्रशासकीय अधिकृत आशिष शर्माले दरौखोलामा ढुङ्गा उत्खनन् गर्ने ग १ त ६४५१ को ट्याक्टरलाई जरिवाना गरेको बताउनुभयो ।
पालिकाको नियमावली अनुसार पहिलो पटक १५ हजार रुपियाँ जरिवाना गरेको हो भने दोस्रो पटक २० र तेस्रो पटक २५ हजार जरिवाना गर्ने शर्माले बताउनुभयो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


