स्याङ्जाको श्रवणका विद्यार्थीलाई न्यानो कपडा
प्रकाश डोटेल,
स्याङ्जा, २८ मंसिर ।
जिल्ला सदरमुकामस्थित पुतलीबजार नगरपालिका १४ को श्रवण माध्यमिक विद्यालय लामागेका पूर्व विद्यार्थीहरुको पहलमा विद्यालय केन्द्रित शैक्षिक गतिबिधीहरु संचालन गर्ने पवित्र उद्देश्यका साथ स्थापित पूर्व विद्यार्थी मञ्चले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
विद्यालयमा अध्ययनरत १ सय २३ जना (सम्पूर्ण) विद्यार्थीहरुको लागि १ लाख २५ हजार रुपैयाँ बराबरका न्यानो कपडा (ट्रयाक सुट) वितरण गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन के.सी. र प्रधानाध्यापक हिमलाल ढकाललाई न्यानो कपडा हस्तान्तरण गर्दै मञ्चका अध्यक्ष अमृत लामिछानेले विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन पूर्व विद्यार्थी मञ्चले आगामी दिनहरुमा समेत सहकार्य गर्न तत्पर रहेको बताए ।
कार्यक्रममा बोल्दै पुतलीबजार नगरपालिका–१४, का वडाअध्यक्ष जितेन्द्रप्रकाश मल्लले पूर्व विद्यार्थी मञ्च विद्यालयको सारथी संंस्थाकोे रुपमा रहेको र मञ्चका हरेक गतिबिधी आँफूले नजिकैबाट नियाली रहेको बताए ।
वडाध्यक्ष मल्लले स्थानीय सरकारका तर्फबाट आगामी आर्थिक वर्षभित्र विद्यालयलाई घेराबार सहितका भौतिक निर्माणमा जोड दिने सुनाए । उनले विद्यालयको शैक्षिक र भौतिक गतिविधी एकअर्काका परिपुरक रहेको समेत बताए ।
कार्यक्रममा पुतलीबजार–१४ का वडा सदस्य मुवारक मियाँ, पूर्व विद्यार्थी मञ्चका अध्यक्ष अमृत लामिछाने, विद्यालयका विद्यार्थी सुरेन्द्र जैसी, विद्यालयका पूर्व शिक्षिकाद्वय मिना पराजुली, शर्मिला दवाडी, लगायतले विद्यालयको उन्नति र प्रगतिमा साथ सहयोग रहने बताए ।
पूर्व विद्यार्थी मञ्चले विद्यालयमा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा पूर्व विद्यार्थीहरुले गरेको सहयोग रकमलाई बचत गर्दै सदुपयोग गरी सृजनशील गतिबिधीहरु गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन के.सी.ले धन्यवाद समेत व्यक्त गरे ।
श्रवण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रधानाध्यापक हिमलाल ढकालले स्वागत तथा सहायक प्रधानाध्यापक बेदप्रसाद पौडेलले संचालन गरेका थिए ।
उक्त कार्यक्रमकै अवसरमा विद्यालयबाट विभिन्न विद्यालयहरुमा सरुवा भई भएका शिक्षिकाहरु मिना पराजुली र शर्मिला दवाडीको बिदाई गरिएको थियो । स्मरण रहोस् २०७७ फागुनमा स्थापित पूर्व विद्यार्थी मञ्चले विद्यालय केन्द्रिय थुप्रै शैक्षिक तथा सामाजिक कार्यक्रमहरु गर्दै आएको छ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …