संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा नागरिक सुनुवाई कार्यक्रम

वालिङ :
गण्डकी प्रदेश संसदीय सभाका अर्थ विकास समिति सभापति भोजराज अर्यालले समग्र वालिङको विकास निर्माण र यहाँका नागरिकको जिवनस्तर माथि उकास्नका लागी आँफू प्रतिवद्ध रहेको बताउनुभएको छ ।
गण्डकी प्रदेश सरकारको काम, संघियताको औचित्य र स्थानीय जनप्रतिनिधि तथा प्रदेश सांसदको भुमिकाका विषयमा वालिङ १४ पेखु ठानामा आयोजित नागरिक सुनुवाईमा उहाँले जिल्लाका पर्यटकीय संभावना, कृषि तथा पशुपालनका संभावनाहरुमा प्रदेश सरकारको तर्फबाट हुने सबैखालको सहयोग रहने भन्दै यहाँका सडक निर्माण, स्तरोन्नति, कालोपत्रलगायतका भौतिक पुर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका विकासमा संघ, प्रदेश र स्थानीय तहबीच एकमत भएर अगाडि बढ्ने बताउनुभएको हो ।
कार्यक्रममा प्रदेशका लेखा समिति सदस्य तथा प्रदेश सांसद कल्पना तिवारीले नागरिकको चाहाना अनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने भन्दै संघ, प्रदेश तथा स्थानीय तहबाट सञ्चालित योजनाहरुमा नागरिकको सहभागिता सक्रिय हुनुपर्ने बताउनुभयो । साथै सांसद तिवारीले विकासे योजनाहरुमा नागरिकको सक्रियता अनिवार्य रहेको भन्दै वालिङ तथा समग्र जिल्लाको विकासका लागी प्रदेश संसदमा आँफूले आवाज उठाईरहेको बताउनुभयो । कार्यक्रममा वडा नं. १४ का अध्यक्ष बोधराज कुँवर राजु्ले वडामा प्रदेशबाट आएका योजनाहरुको अवस्थालगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्धारा आयोजित कार्यक्रममा नागरिकहरुले प्रदेशबाट आएका योजनाहरुलगायतका विषयमा जिज्ञासा राखेका थिए ।
Facebook Comments Box
TOP