नेल्टा गण्डकीको अध्यक्षमा स्याङ्जाका लम्साल
अंग्रेजी भाषा शिक्षकहरुको संगठन NELTA (नेल्टा) गण्डकी प्रदेशको अध्यक्षमा कमलराज लम्साल चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न दोश्रो प्रदेश सम्मेलन तथा छैटौं वार्षिक साधारण सभाले लम्साललाई आगामी ३ वर्षको लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा. पीताम्बर पौडेल, उपाध्यक्षमा सञ्जय अधिकारी, महासचिवमा मुकेश कुमार अधिकारी, सचिवमा विनोद न्यौपाने, कोषाध्यक्षमा तिर्थराज कँडेल चयन भएका छन् भने सदस्य सचिवमा देव शर्मालाई चयन गरिएको छ ।
त्यसैगरी सदस्यहरुमा विजयराज रानाभाट, प्रकाश रिजाल र सीता गौडेल रहेका छन् । नेल्टाको विधान अनुसार जिल्ला अध्यक्ष प्रदेश समितिमा पदेन सदस्य रहने व्यवस्थाअनुसार कास्कीबाट अजय थापा, गोर्खाबाट रामचन्द्र दुवाडी, तनहुँबाट लालप्रसाद भट्टराई, नवलपुरबाट तिर्थराज कँडेल रहेका छन् । यी बाहेक अन्य जिल्लाबाट भने जिल्ला अध्यक्षहरु नै प्रदेश समितिमा चयन भएकोले नयाँ अध्यक्ष चयन पश्चात् पदेन सदस्य रहनेछन् ।
नेल्टा गण्डकीका अध्यक्ष डा.नवराज न्यौपानेको अध्यक्षता तथा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेमराज अर्यालको प्रमुख आतिथ्यतामा उक्त सम्मेलन सम्पन्न भएको हो । नेल्टा केन्द्रीय अध्यक्ष मोतीकला सुब्बा देवान तथा सल्लाहकार हेमन्तराज दाहाल विशेष अतिथि तथा कार्यक्रममा कार्यपत्र प्रस्तोताको रुपमा रहेका थिए । कार्यक्रममा भ्लनष्किज ीबलनगबनभ ँभिियध आन्द्रे पेरेजले पनि कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमका सञ्चालक महासचिव लक्ष्मणबाबु आचार्यले महासचिवको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा मुकेश कुमार अधिकारीले कोषध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैगरी गण्डकी प्रदेश अन्तर्गतका ८ जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षकहरुको उपस्थितिमा गठित समितिको प्रथम बैठक अध्यक्ष कमल लम्सालको अध्यक्षतामा शनिबार नै सम्पन्न भएको छ। बैठकले निवर्तमान समिति, निर्वाचन आयोगका संयोजक तथा केन्द्रका सल्लाहकार हेमन्तराज दाहाल, सदस्य पुरण कुँवर र केन्द्रीय अध्यक्ष मोतीकला सुब्बा देवान र उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापनको प्रस्ताव पारित ग¥यो । त्यसैगरी नेल्टा गण्डकीको जर्नल प्रकाशनार्थ विनोद न्यौपाने प्रमुख सम्पादक रहेको ३ सदस्यीय सम्पादक मण्डल पनि गठन गरेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


