सरकारको मिसन भ्रष्टचारको अन्त्य : कानुन मन्त्री गुरुङ
स्याङ्जा, मङसिर २२ गते ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सरकारको मिसन भ्रष्टचारको अन्त्य भएको बताउनुभएको छ । अर्जुन चौपारी गाउँपालिकाले अयोजना गरेको प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव २०८० को समापन समारोहलाई सम्बाेधन गर्दै मन्त्री गुरुङले भ्रष्टचारी जो भए पनि नछाडिने बताउनुभयो।
प्रधामन्त्री प्रचण्ड भ्रष्टचारको अन्त्य गर्ने अभियानमै रहेको बताउदै आफू र प्रधामन्त्री सल्लाह गरेर अगाडि बढेको बताउनुभयो । भ्रष्टचारीको जात, धर्म, राजनीति नहुने बताउँदै मन्त्री गुरुङले भ्रष्टचारका कारण विकास निर्माण ओझेलमा परेको र अन्त्य नगरेमा देशको भविष्य नभएको बताउनुभयो ।
भ्रष्टचारको विरुद्धमा काम गर्ने सरकार अहिलेको गठबन्धन सरकार भएको बताउँदै कारबाही गर्न खुट्टा नकाप्ने मन्त्री गुरुङको भनाइ छ । गफ र विरोध गरेर देश अगाडि नबढ्ने बताउँदै मन्त्री गुरुङले केही नेताहरु विरोध गरेर धमिलोमा माछा मार्ने काम गरेको बताउनुभयो ।
हिजैदेखि सत्तामा रजगज गरेकाले काम गर्ने सकेको भए अहिलेको अवस्था नआउने बताउँदै मन्त्री गुरुङले देश बनाउन भित्रैबाट मन लाग्नुपर्ने बताउनुभयो । दलहरुले विपक्षी दललाई शत्रु देख्दा अहिलेको अवस्था आएको भन्दै उहाँले सबै मिलेर देश बनाउन लाग्नुको विकल्प नरहेको बताउनुभयो । फरक विचार लाग्दैमा शत्रु नहुने बताउँदै मन्त्री गुरुङले साझा शत्रु भ्रष्टचार, भोग, गरिबीको अन्त्यको लागि लाग्नुपर्नेमा जोड दिनुभयो ।
कसैले गफ गर्दैमा सरकार नढल्ने बताउँदै मन्त्री गुरुङले गठबन्धन सरकारको सफलता नै भ्रष्टचारको अन्त्य भएको र सरकार ढले पनि केहि नहुने भनेर ठुला फाइल खोल्न लागेको बताउनुभयो । नेपाली कांग्रेसको उपसभापति रहनुभएका गुरुङले ४० वर्षबाट राजनीति गरेको बताउँदै राजनीति बुझ्न आग्रह गर्नुभयो ।
विद्यालयको नेविसंघको सदस्यबाट अगाडि बढाउँदै गाउँबासीको सहयोग तथा मायाले मन्त्री बन्ने अवसर पाएको उहाँको भनाइ छ । कार्यक्रममा सहभागी विद्यार्थीलाई खेल, गीत सङ्गीतमा नभई पढाइलाई ध्यान दिन आग्रह गर्नुभयो ।
आफू पनि भलिबल खेलाडी भएको बताउँदै मन्त्री गुरुङले खेलमा हार जित हुने र हारलाई निरास नभइ सफलता मान्नु पर्ने बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष सपना तिवारी, प्रमुख प्राशासकीय अधिकृत आशिष शर्मा, शिक्षक लाल केसी, गंगा गुरुङ, वडा नं २ का अध्यक्ष धनबहादुर गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो । -गोरखापत्र अनलाई
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


