कालीगण्डकी ७ ले जित्यो अध्यक्ष कपको उपाधी
राधाकृष्ण डुम्रे
वालिङ, पुस २ गते । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सञ्चालित ‘पाँचौँ अध्यक्ष कप कालीगण्डकी खेलकुद महोत्सव’ सम्पन्न भएको छ ।
कालीगण्डकीको मिर्मी स्थित खेलमैदानमा भएको प्रतियोगिताको उपाधी वडा नं.७ ले जितेको छ । छ स्वर्ण, दुई रजत र चार कास्यसहित १२ पदक जित्दै वडा नं.७ पहिलो भएको हो । तीन स्वर्ण, चार रजत र चार कास्य गरी ११ पदक जित्दै वडा नं.५ दोस्रो भएको छ । यस्तै, तीन स्वर्ण, तीन रजत र एक कास्य गरी सात पदक जित्दै वडा नं.२ तेस्रो भएको छ ।
पालिकाले कृषि पूर्वाधार विकाससँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेर बर्षेनी खेलकुद महोत्सवको आयोजना गर्दै आएको अध्यक्ष तथा गाउँपालिका महासंघका महासचिव खिमबहादुर थापाले जानकारी दिनुभयो ।
प्रतियोगितामा महिला तथा पुरुष भलिबल, फुटबल, एथलेटिक्स, व्यटमिन्टन, बुद्धीचाल र टेवल टेनिस गरी ६ विधामा खेलाईने र पुरुष तर्फ क्रिकेट गरी जम्मा सात विधा गरी एक्काईस खेल खेलाइएको थियो । खेलको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


