अर्जुनचौपारी : पञ्चकन्यालाई राष्ट्रपति रनिङ शिल्ड उपाधि
स्याङ्जा :
अर्जुन चौपारी गाउँपालिकाले अयोजना गरेको प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव २०८० को समापन भएकाे छ । प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्या माबिले हात पारेको छ । पञ्चकन्याले ११ स्वर्ण, ११ रजत र चार कास्य पदकसहित २६ पदकका साथ रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।
स्थानीय तह बनेको सात बर्ष भए पनि यहाँ पहिलो पटक रनिङ शिल्ड तथा शैक्षिक महोत्सब भएको छ । शैक्षिक महोत्सबमा अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीले आठ स्वर्ण, पाँच रजत र आठ कास्य पदकसहित २१ पदकका साथ उपबिजेता बनेको हो ।
यस्तै दरौ माबिले सात स्वर्ण, दुई रजत र आठ कास्यसहित १७ पदक प्राप्त गर्दै तेस्रो बनेको हो । चौथो जनमाबिले चार स्वर्ण, तीन रजत र आठ कास्यसहित १५ पदक प्राप्त गरेको छ ।
मङसिर १९ गतेबाट सुरु भएको खेलकुद महोत्सबमा भलिबल, एथ्लेटिक्स, सटफुट, हाइजम्प, लङजम्प, त्रिपलजम्प भलिबल छात्र–छात्राबिच प्रतिस्पर्धा भएको थियो भने चम्चारेश, म्युजिकल चियर, डोरी तान्ने, स्याक रेशलगायतका प्रतिस्पर्धा गरिएको थियो ।
बिजयी तथा उपबिजेता खेलाडी कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले रनिङ शिल्ड तथा मेडल प्रमाणपत्र प्रदान गर्नुभएको थियो । रनिङ कप तथा शैक्षिक महोत्सबमा ६ माबिसहित २८ बिद्यालय ३२४ जना बिद्यार्थी सहभागी थिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


