अर्जुनचौपारी : पञ्चकन्यालाई राष्ट्रपति रनिङ शिल्ड उपाधि
स्याङ्जा :
अर्जुन चौपारी गाउँपालिकाले अयोजना गरेको प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव २०८० को समापन भएकाे छ । प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्या माबिले हात पारेको छ । पञ्चकन्याले ११ स्वर्ण, ११ रजत र चार कास्य पदकसहित २६ पदकका साथ रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।
स्थानीय तह बनेको सात बर्ष भए पनि यहाँ पहिलो पटक रनिङ शिल्ड तथा शैक्षिक महोत्सब भएको छ । शैक्षिक महोत्सबमा अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीले आठ स्वर्ण, पाँच रजत र आठ कास्य पदकसहित २१ पदकका साथ उपबिजेता बनेको हो ।
यस्तै दरौ माबिले सात स्वर्ण, दुई रजत र आठ कास्यसहित १७ पदक प्राप्त गर्दै तेस्रो बनेको हो । चौथो जनमाबिले चार स्वर्ण, तीन रजत र आठ कास्यसहित १५ पदक प्राप्त गरेको छ ।
मङसिर १९ गतेबाट सुरु भएको खेलकुद महोत्सबमा भलिबल, एथ्लेटिक्स, सटफुट, हाइजम्प, लङजम्प, त्रिपलजम्प भलिबल छात्र–छात्राबिच प्रतिस्पर्धा भएको थियो भने चम्चारेश, म्युजिकल चियर, डोरी तान्ने, स्याक रेशलगायतका प्रतिस्पर्धा गरिएको थियो ।
बिजयी तथा उपबिजेता खेलाडी कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले रनिङ शिल्ड तथा मेडल प्रमाणपत्र प्रदान गर्नुभएको थियो । रनिङ कप तथा शैक्षिक महोत्सबमा ६ माबिसहित २८ बिद्यालय ३२४ जना बिद्यार्थी सहभागी थिए ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


