रातको १० बजेसम्म देउसी भैलो खेल्न स्याङ्जा प्रशासनको निर्देशन
स्याङ्जा :
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले तिहारका बेला खेलिने देउसी भैलो रातको १० दश बजेसम्म मात्र संचालन गर्न सूचित गरेको छ ।
सांस्कृतिक कार्यक्रम गर्दा सार्वजनिक यातायात, सामाजिक जीवन र कसैका इच्छा र चाहना विपरितका कार्य नगरी शान्तिपूर्ण वातावरणमा मनाउन समेत अनुरोध गरेको छ ।
भाइचारा र आत्मियताको सम्बन्ध बढाउदै आ आफना चाडपर्व, संस्कृति र परम्परा बमोजिम मनाउन र अरुका धर्मसंस्कृतिलाई ठेसपुग्ने जस्ता कार्य नगर्न नगराउन सुझाव दिदै स्याङ्जा प्रशासनले अत्यन्त जरुरी सूचना भन्दै ८ बुदें निर्देशन समेत उल्लेख छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी दिपक पौडेलद्धारा जारी सूचनामा पटका, भूईचम्पा, अतिसवाजी, बिस्फोटक पदार्थ जस्ताको बस्तुको प्रयोग र जुवा, तास र कोैडा जस्ता खेलमा निषेध गरिएको छ ।
सार्बजनिक स्थलमा मादकपदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने तथा अशान्ति कायम हुने खालका गतिविधिहरु नगर्न, दिपावलीको अवसरमा विजुली तथा मैनबत्ति जस्ता सामागू्रीको साबधानी पूर्वक प्रयोग गर्न आग्रह गरेको छ ।
यस्तै, सवारी साधनमा झुण्डीएर यात्रा नगर्न नगराउन, यात्रुसँग बढि पैसा नअसुल्न, बजारमा कृतिम अभाव सिर्जना नगर्न, कालोबजारी नगर्न अनुरोध गदै सूचनाको अवज्ञा गरेमा प्रचलित कानून बमोजिम कारवाही गरिने सूचनामा उल्लेख छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


