समाजबादी मोर्चा स्याङ्जाको संयोजकमा थापा
स्याङ्जा :
केन्द्रमा एउटै मोर्चा बनाएर अभियानमा जुटेका चार पार्टीले स्याङ्जामा पनि समाजबादी मोर्चा स्थापना गरेका छन् । यहाँ नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी, नेकपा (एकीकृत समाजबादी) पार्टी र नेकपाको आठ सदस्यीय समाजबादी मोर्चा बनाइएको हो ।
यहाँ पहिलो पटक माओबादी केन्द्रका लोकेन्द्र थापाको संयोजकत्वमा मिनप्रसाद कोइराला (माओबादी केन्द्र), ईश्वरी पौडेल र श्याम अर्याल (नेकपा), भगत गुरुङ र थर्कमान गुरुङ (जसपा), शंङकरध्वज कार्की र बिष्णुप्रसाद गिरी (एकिकृत समाजबादी) रहनुभएको छ ।
केन्द्रदेखि पालिकासम्म समाजबादी मोर्चा बनाउने दलको निर्णयअनुसारमा पुतलीबजारमा भएको एक कार्यक्रमवीच समाजबादी मोर्चा घोषणा गरिएको हो । तीन–तीन महिनामा नयाँ दलबाट पालो–पालो नेतृत्व बनाउने सहमतिमा माओबादी केन्द्रबाट थापा संयोजक बन्नुभएको हो ।
गणतन्त्र, संधीयतालगायतका उपलब्धी बचाउन समाजबादी मोर्चा गठन गरेको बताउदै माओबादी केन्द्र स्याङ्जाका इन्चार्ज राजकाजी गुरुङले मोर्चा अझै बजबुत बन्ने बताउनुभयो । Gorkhapatraonline.com
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


