समाजबादी मोर्चा स्याङ्जाको संयोजकमा थापा

स्याङ्जा :
केन्द्रमा एउटै मोर्चा बनाएर अभियानमा जुटेका चार पार्टीले स्याङ्जामा पनि समाजबादी मोर्चा स्थापना गरेका छन् । यहाँ नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी, नेकपा (एकीकृत समाजबादी) पार्टी र नेकपाको आठ सदस्यीय समाजबादी मोर्चा बनाइएको हो ।
यहाँ पहिलो पटक माओबादी केन्द्रका लोकेन्द्र थापाको संयोजकत्वमा मिनप्रसाद कोइराला (माओबादी केन्द्र), ईश्वरी पौडेल र श्याम अर्याल (नेकपा), भगत गुरुङ र थर्कमान गुरुङ (जसपा), शंङकरध्वज कार्की र बिष्णुप्रसाद गिरी (एकिकृत समाजबादी) रहनुभएको छ ।
केन्द्रदेखि पालिकासम्म समाजबादी मोर्चा बनाउने दलको निर्णयअनुसारमा पुतलीबजारमा भएको एक कार्यक्रमवीच समाजबादी मोर्चा घोषणा गरिएको हो । तीन–तीन महिनामा नयाँ दलबाट पालो–पालो नेतृत्व बनाउने सहमतिमा माओबादी केन्द्रबाट थापा संयोजक बन्नुभएको हो ।
गणतन्त्र, संधीयतालगायतका उपलब्धी बचाउन समाजबादी मोर्चा गठन गरेको बताउदै माओबादी केन्द्र स्याङ्जाका इन्चार्ज राजकाजी गुरुङले मोर्चा अझै बजबुत बन्ने बताउनुभयो । Gorkhapatraonline.com
समाचार
थप सामाग्री
स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
२ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक…