भारत : १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको उद्धार
भारतको उत्तराखण्डको एक सुरुङभित्र फसेका मजदुरहरूको उद्धार भएको छ । १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको आज मङ्गलवार बेलुकी उद्धार भएको हो ।
उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार गरिएका मजदुरहरूलाई भेट्नुभएको छ । उद्धार शुरु भएसँगै सुरुङ आसपासमा खुशी मनाइएको छ । मजदुरहरूलाई फूलमाला र ताली बजाएर स्वागत गरिएको छ ।
सुरुङभित्र फसेका मजदुरको उद्धारका लागि शुरुमा पहिरो पन्छाउने प्रयास भएकोमा त्यहाँबाट सम्भव नभएपछि पहाड माथिबाट एउटा ठाडो र अर्को तेस्रो प्वाल बनाइएकाे थियो । ठाडोतर्फको प्वालबाट मजदुरलाई बाहिर निकालिएको हो ।
९० सेन्टिमिटर व्यास भएको पाइप जडान गरेर त्यहाँबाट एक/एक जना गर्दै मजदुरलाई बाहिर निकालिएको हो ।
उद्धार गरेका मजदुरलाई अस्पताल लैजानका लागि एक दर्जनभन्दा धेरै एम्बुलेन्स तयारी अवस्थामा छन् । प्राथमिक उपचारका लागि सुरुङ स्थलमै आठ शय्याको अस्पताल स्थापना गरिएको छ । यदि मजदुर गम्भीर भएमा उद्धारका लागि हेलिकप्टर पनि तयारी अवस्थामा छ । अस्पतालमा सबै सुविधासहित डाक्टरलाई खटाइएको छ ।
सुरुङभित्र फसेका मजदुरको उद्धारका लागि अमेरिकाबाट समेत मेशिन र इन्जिनियर झिकाएर काम भइरहेको थियो । तर कहिले पहिरो जाने र कहिले मेशिन बिग्रने भएपछि उद्धारमा ढिलाइ भएको हो । फसेका मजदुरहरूलाई सानो पाइपको माध्यमबाट खाना, पानी र औषधि भने पठाइएको थियो ।
एजेन्सी/online
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


