रेडियो आँधीखोलाकोे वार्षिकोत्सवका अवसरमा विरामीलाई फलफूल वितरण ।
स्याङ्जा :
स्याङ्जा जिल्लामै पहिलो आवाजको रुपमा गुञ्जिएको रेडियो आँधीखोला १०५.४ मेगाहर्ज १७औँ वर्षमा प्रवेश गरेको छ । रेडियोको वार्षिकोत्सवका अवसरमा बुधबार रेडियो प्रांगणमा पुजापाठ तथा विरामीहरुलाई फलफुल वितरण गरिएको छ । रेडियोको वार्शिकोत्सवका अवसरमा गह्रौँ प्राथामिक अस्पतालमा रहनुभएका विरामीहरुलाई फलफूल वितरण गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद कल्पना तिवारीले आवाज विहिनहरुको आवाज बनिरहेको रेडियोको थप उन्नतिको कामना गर्नुभयो । आँधीखोला जिल्लामै पहिलो संचार संस्था भएकाले विगतदेखि नै संस्थाले समाजलाई सूसुचित बनाउँदै आईरहेको भन्दै परिर्वतित समयसंगै रेडियोलाई परिर्माजन गर्दै अगाडि बढ्नुपर्नेमा सांसद तिवारीको जोड छ । साथै रेडियो हरेक वर्ग र समुदायको सारथी बनेको भन्दै समाजलाई सहि मार्गमा हिंडाउन संचार क्षेत्रको भुमिका अतुलनिय रहेको सांसाद तिवारीको भनाई छ ।
साथै सांसद तिवारीले गह्रौँ प्राथामिक अस्पताललाई ५० शैयाको अस्पताल बनाईने भन्दै यसका लागी प्रदेश सरकारको तर्फबाट सहयोग रहेने बताउनुभयो । कार्यक्रममा वालिङ नगरउपप्रमुख कविता तिवारीले रेडियोले विगतदेखि नै अनुकरणीय कार्य गर्दै आईरहेको भन्दै अझै पृथक तथा रचनात्मक कार्य मार्फत समाजलाई सुसूचित बनाउन आग्रह गर्नुभयोे । कार्यक्रममा अस्पतालका प्रमुख डा. सुरज ढकालले रेडियोले समाजमा खेलेको भुमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि थप प्रगतिका साथ अगाडि बढ्न आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष नेत्रप्रसाद पाण्डले ध्वनी तरंगका माध्यमबाट रेडियोले समाजका विकृति र विसंतिलाई उजागर गर्दै आवाज विहिनको आवाज बनिरहेको बताउनुभयो । अध्यक्ष पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सदस्य शान्ता थापा र धन्यवाद उपाध्यक्ष श्यामप्रसाद अर्यालले गर्नुभएको थियो । फलफुल वितरण अगाडि विहान रेडियो प्रांगणमा विषेश पुजापाठ गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष नेत्रप्रसाद पाण्डे, निर्वतमान अध्यक्ष धु्रवप्रसाद शर्मापंगेनी, संस्थापक अध्यक्ष रेशम कोईरालालगायत रेडियोका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । पुजा पंण्डित कृष्णप्रसाद बगालेले गराउनुभएको थियो ।
विंस.२०६३ सालमा स्थापना भई २०६४ साल मंसिर ६ गतेदेखी प्रसारण शुरु गरेको आँधीखोला एफएम १७औ वर्षमा प्रवेश गरेको हो । आँधीखोला सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित रेडियो जिल्लाको मध्य भाग वालिङ ८ घ्याङलिङमा अवस्थित छ ।
२०६२÷०६३ को जनआन्दोलन पछि जिल्लामा पहिलोपटक सञ्चार माध्यमको आवश्यकता महशुस गरी यहाँका राजनितिक दल, बुद्धिजिवि, समाजसेवी, नागरिक मिलेर आँधीखोला रेडियोको स्थापना गरिएको थियो । रेडियो अहिले ५०० वाटबाट दैनिक १८ घण्टा प्रसारणमा रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश गरी दुई प्रदेशका १८ जिल्लामा सुन्न सकिने रेडियो विश्वभरी अनलाईनका माध्यमबाट समेत सुन्न सकिन्छ । अनलाईन धधध।चबमष्यबबलमजष्पजयबि।यचन बाट प्रत्यक्ष सुन्न र स्थानीय तथा प्रदेश र राष्ट्रिय समाचारहरु पढ्न समेत सकिने रेडियो हाम्रो पात्रो एपमा समेते सुन्न सकिने रेडियोका प्रबन्धक तोलाकान्त बगालेले बताउनुभयो ।
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
६ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…