स्याङ्जाका तीन पालिकामा सामूहिक राष्ट्रिय गान गाएर जनप्रतिनिधि र कर्मचारी कार्यकक्ष छिर्छन् ।
राधाकृष्ण डुम्रे,
वालिङ मङ्सिर १२ गते ।
स्याङ्जाका तीन पालिकामा सामूहिक राष्ट्रिय गान गाएर जनप्रतिनिधि र कर्मचारी कार्यकक्ष छिर्ने गरेकाछन् । वालिङ र भीरकोट नगरपालिका तथा कालीगण्डकी गाउँपालिकामा सामुहिक राष्ट्रिय गान पछि मात्रै कार्यालय छिर्ने गरिएको हो ।
विहान १० बजे अगाडि सवै कर्मचारी कार्यालयको प्रवेशद्वारमा आईपुग्छन् भने कार्यालयभित्र छिरिसकेका कर्मचारीहरु भुईतल्लामा झर्छन् । पालिका कार्यालयमा आउने जनप्रतिनिधि (प्रमुख, उपप्रमुख) सहित प्रमुख प्रशासकीय अधिकृत लगायतका विभिन्न शाखामा कार्यरत कर्मचारीहरु लामबद्ध हुन्छन् । अनि राष्ट्रिय गान बज्न थाल्छ, सबैजना राष्ट्रिय गानमा सहभागी हुन्छन् ।
प्रत्येक दिन आफ्ना नागरिकलाई सेवा प्रवाह गर्नुपूर्व राष्ट्रप्रति सम्मान गरेर मात्रै सुरुआत गरौं भन्ने मुख्य उद्देश्यसहित जनप्रतिनिधि र कर्मचारीहरुले सामूहिक राष्ट्रिय गान गाउन शुरु गरिएको वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले बताउनु भयो । उहाँले भन्नुभयो,“पालिकाको निर्माणमो सवैलाई एकताबद्ध गर्ने यो एक प्रयास हो ।”
पालिकामा आउने कर्मचारीहरु, जनप्रतिनिधिहरु कार्यालय समयमै आउने, कार्यालयको पोशाक लगाए/नलगाएको जानकारी हुने र कार्यालय सुरु हुनुपूर्व नै गर्नुपर्ने केहीनिर्देशनहरु भएमा त्यहीँ दिन सकिने भएकाले सामुहिक राष्ट्रियगानको प्रभावकारीता रहेको वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले बताउनु भयो ।

भीरकोट नगरपालिकामा विगत केही महिना देखि नै शुरु भएको यो कार्य कालीगण्डकी गाउँपालिकामा मङ्सिर १ गतेबाट गरिदै आएको छ । कालीगण्डकीमा राष्ट्रिय गान सहित पालिका गान पनि गाउने गरिएको अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो ।
सरकारी कर्मचारी तथा जनप्रतिनिधिहरुले समयको पालना गर्दैनन्, काममा ढिलासुस्ती हुन्छ भन्ने गरेको आरोपहरु आईरहेका बेला त्यसप्रति सजग हुँदै समयको पालना तथा सेवा प्रवाहलाई छिटो छरितो र चुस्त दुरुस्त बनाउन यसले सहयोग पुग्ने विश्वास ती पालिकाहरुको रहेको छ ।
कार्यालय खुलेको सुरुआतमै केही सल्लाह, सुझाव तथा निर्देशनहरु नगर प्रमुख, उपप्रमुखले प्रार्थना स्थलमै दिने भएकाले फेरि शाखागतरुपमा कर्मचारीहरुलाई थप छलफलकालागि बोलाउनु नपर्ने भएकाले सेवाग्राहीलाई छिटो र छरितो सेवा दिन सकिदै आएको भीरकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले बताउनु भयो ।

समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


