कालीगण्डकीमा जिप दुर्घटना,७ जना घाईते ।
स्याङजा,२६ कात्तिक :
स्याङ्जाको कालीगण्डकी १ प्युँघामा आज साँझ जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बुटवलबाट स्याङ्जाका लागि छुटेको ग १ ज ७६०४ नम्बरको जिप दुर्घटनामा परेको हो ।
जिप कच्ची सडकबाट २५/३० मीटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरिक्षक उत्तम जिसीले जानकारी दिनुभयो । जिप भीरमा रहेको रुखमा अड्किएको बताईएको छ ।
घाइतेहरुको कालीगण्डकी अस्पताल मिर्मीमा उपचार भईरहेको सूचना अधिकारी जिसीले बताउनु भयो । जिपमा ८ आठ जना सवार रहेकोमा एक जना सकुशल रहेको बताईएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


