विकासका लागि तिनवटै तहको समवन्य गर्न जरुरी छ : मन्त्री तिवारी

स्याङ्जा :

गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वति अर्याल तिवारीले विकासका लागी तिन वटै तहका सरकारबीच समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

कालीगण्डकी गाउँपालिकामा बिहीवार मिर्मि खेलमैदानमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्दघाटन गर्दै मन्त्री तिवारीले यस्तो बताउनुभएको हो ।

मन्त्री तिवारीले भन्नुभयो, ‘विकासको लागी संघिय, प्रदेश र स्थानीय तह एउटै टेबलमा बसेर छलफल गरेर एजेण्डा तयार गरी अगाडि बढ्नुपर्छ । विकास सबैको साझा हो यसमा कुनै स्वार्थ हुनुहुँदैन ।’मन्त्री तिवारीले कालिगण्डकी सहित स्याङ्जाको विकासमा आँफूले मन्त्रालय सम्हालेपछि धेरै योजनाहरु शुरु भईसकेको भन्दै विषेश गरी यहाँको सिँचाई र खानेपानीका योजनाहरुलाई सफल पार्न नागरिक पनि सक्रिय भएर लाग्नु्पर्ने बताउनुभयो ।

छुटेका सिंचाईका योजनाहरुलाई आगामी वर्षको वजेटमा समेटिने भन्दै कृषिको संभावनायुक्त स्थानहरुमा सिंचाईमार्फत उर्बर बनाईने मन्त्री तिवारीले बताउनुभयो । उहाले कालीगण्डकीबासीलाई खानेपानीको ब्यवस्थापनका लागि आफु कुनै कसर बाँकी नराख्ने जनाउनुभयो ।

कार्यक्रममा सांसद निर्मला थापा, नेपाली कांग्रेसका गाउपालिका सभापति नरबहादुर राना, नेकपा एमालेका उपाध्यक्ष इन्द्रवहादुर थापा, माओवादी केन्द्रका अध्यक्ष ज्ञानमणी भट्टराई, जनमुक्ति पार्टीका अध्यक्ष बमबहादुर लामिछाने लगायतले शुभकामना सहित प्रतियोगिताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष खिम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सावित्रा कोईरालाले र प्रमुख प्रशासकिय अधिकृत परशुराम पोखरेलले गर्नुभएको थियो । दुई दिने प्रतियोगितामा १३ बिद्यालयबाट झण्डै एक हजार बिद्यार्थीहरु बिभिन्न खेलकुदमा सहभागी हुने भएका छन् ।

Facebook Comments Box
TOP