विकासका लागि तिनवटै तहको समवन्य गर्न जरुरी छ : मन्त्री तिवारी
स्याङ्जा :
गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वति अर्याल तिवारीले विकासका लागी तिन वटै तहका सरकारबीच समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
कालीगण्डकी गाउँपालिकामा बिहीवार मिर्मि खेलमैदानमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्दघाटन गर्दै मन्त्री तिवारीले यस्तो बताउनुभएको हो ।
मन्त्री तिवारीले भन्नुभयो, ‘विकासको लागी संघिय, प्रदेश र स्थानीय तह एउटै टेबलमा बसेर छलफल गरेर एजेण्डा तयार गरी अगाडि बढ्नुपर्छ । विकास सबैको साझा हो यसमा कुनै स्वार्थ हुनुहुँदैन ।’मन्त्री तिवारीले कालिगण्डकी सहित स्याङ्जाको विकासमा आँफूले मन्त्रालय सम्हालेपछि धेरै योजनाहरु शुरु भईसकेको भन्दै विषेश गरी यहाँको सिँचाई र खानेपानीका योजनाहरुलाई सफल पार्न नागरिक पनि सक्रिय भएर लाग्नु्पर्ने बताउनुभयो ।
छुटेका सिंचाईका योजनाहरुलाई आगामी वर्षको वजेटमा समेटिने भन्दै कृषिको संभावनायुक्त स्थानहरुमा सिंचाईमार्फत उर्बर बनाईने मन्त्री तिवारीले बताउनुभयो । उहाले कालीगण्डकीबासीलाई खानेपानीको ब्यवस्थापनका लागि आफु कुनै कसर बाँकी नराख्ने जनाउनुभयो ।
कार्यक्रममा सांसद निर्मला थापा, नेपाली कांग्रेसका गाउपालिका सभापति नरबहादुर राना, नेकपा एमालेका उपाध्यक्ष इन्द्रवहादुर थापा, माओवादी केन्द्रका अध्यक्ष ज्ञानमणी भट्टराई, जनमुक्ति पार्टीका अध्यक्ष बमबहादुर लामिछाने लगायतले शुभकामना सहित प्रतियोगिताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष खिम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सावित्रा कोईरालाले र प्रमुख प्रशासकिय अधिकृत परशुराम पोखरेलले गर्नुभएको थियो । दुई दिने प्रतियोगितामा १३ बिद्यालयबाट झण्डै एक हजार बिद्यार्थीहरु बिभिन्न खेलकुदमा सहभागी हुने भएका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


