कालीगण्डकीमा डुबेर आमाको मृत्यु, छोराको अवस्था गम्भीर
राधाकृष्ण डुम्रे
वालिङ, कात्तिक १७ गते । स्याङ्जाको गल्याङ नगरपालिका –७ मा रहेको सेतीबेनी शिलाको दर्शन गर्न गएका बेला कालीगण्डकी नदीमा डुबेर आमाको मृत्यु भएको छ । छोराको अवस्था गम्भीर छ ।
आज बिहान शिला दर्शनका क्रममा पर्वतको विहादी गाउँपालिका –६ का २५ बर्षीया रितु भट्टराईका चार बर्षीय छोरा रियान्स भट्टराई कालीगण्डकी नदीमा खसेका थिए । छोरालाई बचाउन नदीमा हाम फालेकी आमा रितुको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
कालीगण्डकी नदीले बगाएको अवस्थामा शिलाभन्दा केही तलबाट आमा छोरालाई नै उद्धार गरेको भए पनि आमाको उपचारको क्रममा कालीगण्डकी अस्पताल मिर्मीमा मृत्यु भएको प्रहरीको भनाइ छ । छोराको अवस्था गम्भीर रहेको र उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ । gorkhapatraonline.com
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


