स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

accident

स्याङ्जा, मङ्सिर ४ गते ।
स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं १४ भिरबारीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार भित्री सडक खण्डमा तोप्सेबाट लामागेका लागि छुटेको ग १ त ४९८७ नं. को ट्याक्टर बाटोमा पल्टिँदा चालक दाङको दंगीशरण गााउपालिका वडा नं. ४ का २८ वर्षीय रामहरि चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
ट्याक्टरले च्यापिँदा चालक चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान कार्य अगाडि बढाएको रानाले बताउनुभयो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP