पश्चिमाञ्चल क्षत्रीय अस्पतालमा २ सय शैय्याको प्रसुती भवनको उद्घाटन ।
पोखरा:
पोखरा स्थित पश्चिमाञ्चल क्षत्रीय अस्पतालभित्र निर्माण भएको प्रसुती भवनको उद्घाटन भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भवन उद्घाटन गरेका हुन् । २ सय शैय्याको उक्त भवन २७ करोड लागतमा निर्माण भएको हो ।
भवन उद्घाटन गर्दै बस्नेतले देशमा भ्रष्टाचारको जालो अत्यधिक बढेको बताए । जसले सबैभन्दा बढी भ्रष्टाचार गर्छ, उसैले बढी भ्रष्टाचार विरोधी कुरा गर्छ । जो सबभन्दा बढी कुशासक छ, उसैले बढी सुशासनको कुरा गर्छ, उनले भने, अहिले यो र उ नभनिकन सबै मुलुकलाई सुधार्न लागौं ।
उनले स्वास्थ्य क्षेत्रमा कार्यरतहरुले कम्तिमा रक्सी चुरोट सेवान गर्न नहुने बताए । सुर्तीजन्य पदार्थको कारण हजारौंको ज्यान जान्छ । हामी सुर्ती खान्छौं, अरुलाई नखाउनुस भन्छौं । स्वास्थ्यका धेरे विद्यार्थीको ज्यान सुर्तीजन्य पदार्थ र रक्सी सेवनबाट भएको छ, उनले भने, अरुलाई सुधार्न पहिला आफु सुध्रिनुपर्छ । स्वास्थ्यकर्मीहरुले कम्तिमा दिनको एक घण्टा आफ्ना लागि छुट्याउनुस् । ब्यायम गरेर स्वस्थ हुनुस् ।
बस्नेतले गण्डकी अस्पतालमा उपकरण विस्तार र स्तरिय सेवा दिन संघ सँधै जिम्मेवार भएर लाग्ने बताए । उनले पहिला अस्पताल राम्रोसँग चलाउन सके मात्र प्रतिष्ठान राम्रो हुने भन्दै सेवामा ध्यान दिन आग्रह गरे ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


