११ ट्याक्टर नियन्त्रणमा

वालिङ :
वालिङ नगरपालिका–१३ गाहाँ खोलाबाट ११ ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । आँधीखोला किनारबाट अवैध रूपमा नदी जन्य पदार्थ ओसार पसारमा संलग्न नौ भरी र दुई खाली ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।
स्थानीयको सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी थुमपोखराबाट स्याङ्जाबाट खटिएको प्रहरी टोलीले ट्याक्टर नियन्त्रणमा लिएको हो ।
प्रहरीले ग १ त ५९५१, ग १त ५९४३, ग १ त ५९२४, लु १ त ७१५६, लु ४ त ६८७९, लु ४ त ४२६०, लु ४ त ६८८६, लु ३ त ५३०८, ग १ त ३३६९ भरी तथा ग १ त ५१०५ र ग १ त ६११० खाली ट्याक्ट नियन्त्रमा लिएको खनालले बताउनुभयो । नियन्त्रमा लिएका ट्याक्टरलाई नियमानुसार कारबाही गरिने र छाडिने खनालले बताउनुभयो ।
समाचार
थप सामाग्री
स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
२ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक…