११ ट्याक्टर नियन्त्रणमा

वालिङ :

वालिङ नगरपालिका–१३ गाहाँ खोलाबाट ११ ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । आँधीखोला किनारबाट अवैध रूपमा नदी जन्य पदार्थ ओसार पसारमा संलग्न नौ भरी र दुई खाली ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।

स्थानीयको सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी थुमपोखराबाट स्याङ्जाबाट खटिएको प्रहरी टोलीले ट्याक्टर नियन्त्रणमा लिएको हो ।

प्रहरीले ग १ त ५९५१, ग १त ५९४३, ग १ त ५९२४, लु १ त ७१५६, लु ४ त ६८७९, लु ४ त ४२६०, लु ४ त ६८८६, लु ३ त ५३०८, ग १ त ३३६९ भरी तथा ग १ त ५१०५ र ग १ त ६११० खाली ट्याक्ट नियन्त्रमा लिएको खनालले बताउनुभयो । नियन्त्रमा लिएका ट्याक्टरलाई नियमानुसार कारबाही गरिने र छाडिने खनालले बताउनुभयो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP