स्याङ्जा बिश्वहिन्दू महासंघले तनहुँमा महायज्ञ गर्ने

वालिङ :
नेपाल राष्ट्रको शान्ति, धार्मिक सहिष्णुता कायम राख्ने मुल उदेश्य राखेर विश्व हिन्दू महासंघ स्याङ्जा शाखाले महायज्ञ गर्ने भएको छ । वेदको उजागर भएको तनहुँको वेदआश्रम स्थलमा स्याङ्जा शाखाले महायज्ञ गर्ने भएको हो । कात्र्तिक १६ गतेदेखी २३ गतेसम्म संचालन हुने महायज्ञको वचनकलाका अद्धितीय मर्मज्ञ विद्धान भागवतालङ्कार पंण्डित नेत्रप्रसाद पराजुलीले कथा वाचन गर्ने आयोजकले जनाएका छन् । पराजुली विश्व हिन्दू महासंघका केन्द्रीय सदस्य समेत हुन् ।
विश्व शान्ति तथा सामाजिक सदभावका लागि श्रीमदभागवत महायज्ञ तनहुँमा गर्न लागिएको महायज्ञ मुलआयोजक समितिका संयोजक तथा विश्व हिन्दू महासंघ स्याङ्जाका अध्यक्ष हरीहर पाण्डेले जानकारी दिए । उनका अनुसार वेद अनुयायी प्रतिष्ठान नेपाल, व्यास नगरपालिका तनहुँ र विश्व हिन्दू महासंघ तनहुँ सहयोगीका रुपमा रहेको बताए । वेद अनुयायी प्रतिष्ठान नेपालको केन्द्रीय कार्यालय दमौली तनह्ँको व्यास गुफामा महायज्ञ संचालन हुने अध्यक्ष पाण्डेले बताए ।
महायज्ञ सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत गठन भइसकेको आयोजकले जनाएको छ । १००१ सदस्य रहेको मुल आयोजक समितिले कार्यसम्पादन समितिको सभापतिमा अध्यक्ष हरीहर पाण्डे, आर्थिक उपसमितिको संयोजकमा अनन्तराज शर्मा, प्रचार प्रसार उपसमितिको संयोजकमा पुष्पकमल रेग्मी, अन्तराष्ट्रिय समन्वय उपसमितिको संयोजकमा भुपराज वगाले, संचार समन्वय उपसमितिको संयोजकमा श्रीकृष्ण सिग्देल, मन्च व्यवस्थापन उपसमितिको संयोजकमा केशव पराजुली र अथिति सत्कार उपसमितिको संयोजकमा गोविन्द पंगेनी रहेको महायज्ञ मुलआयोजक समितिका महासचिव पदमप्रसाद पाण्डेले बताए ।
महायज्ञको तयारी पुरा भइसकेको आयोजकले जनाएको छ । महायज्ञ हुने स्थलमा आयोजक आइतबार नै टोली प्रस्थान गरेको छ । टोलीले दमौली लगायत देशभरका हिन्दू धर्मालम्बीहरुलाई निमन्त्रण, भेटघाट र अन्य तयारीका कार्यक्रम गर्ने छ । महायज्ञको उदघाटन नेपाल ऋषि, संस्कृतविद् डा. जगमान गुरुङ्ले गर्ने तयारी रहेको महासचिव पाण्डेले बताए । महायज्ञ सफल बनाउन र कथा वाचन सुन्न सबै हिन्दु सनातन लगायत अन्य धार्मिक व्याक्तित्वलाई समेत आग्रह गरेको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…