स्याङ्जामा वी.पी.जन्म जयन्तीमा रक्तदान र विचार गोष्ठी

syangja Congress

स्याङ्जा  :

गे्रस स्याङ्जाले वी.पी. जन्म जयन्तीको अवसर पारेर खुल्ला रक्तदान तथा वी.पी. विचार गोष्ठी गरेको छ । पुतलीबजार नगरपालिका १ स्थित कांग्रेस पाटीको मुख्यालयमा रक्तदान सहित बिचार गोष्ठी गरिएका हुन ।

बिचार गोष्ठीलार्ई सम्बोधन गर्दै नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भ्रष्टाचारको फाईल खुल्ने क्रममा रहेको भन्दै वर्तमान सरकार ढलेपनि भ्रष्टाचारको मुद्धालाई किनारामा पु¥याई छाड्ने बताउनुभयो ।

भ्रष्टाचार नै देशका मुख्य समस्या रहेको भन्दै भ्रष्टाचारलाई न्युनीकरण गरेमा मात्रै देशमा समृद्धि र अमनचयन प्राप्त हुने भएकाले भ्रष्टाचारको फाईल अब बन्द नहुँने मन्त्री गुरुङले दावी गर्नुभयो ।

भ्रष्टाचारका फाईल खोल्दा आफ्नो पद गुमेपनि कुनै गुनासो नरहेको भन्दै भ्रष्टाचारलाई जरैदेखि निर्मुल पार्न अव नेपाली जनता जागरुक हुनुपर्ने समय आएको मन्त्री गुरुङले बताउनुभयो । साथै मन्त्री गुरुङले विपिका सिद्धान्तको आत्मसाथ गरी पार्टीलाई मजबुद बनाउनुपर्नेमा जोड दिनुभयो । विपिले प्रतिपादन गरेका निति तथा सिद्धान्त देश विदेशमा अनुशरण गरिएको भन्दै उहाँको योगदान भुल्न नहुँने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद द्धय भोजराज अर्याल र महेश भट्राई, स्वतन्त्रता सेनानाी द्धय तारापति सुवेदी र वेदप्रसाद पनेरु, निवर्तमान सांसद भगवतप्रकाश मल्ल, निवर्तमान कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमार, गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, महासमिति सदस्यहरु छायाराम खनाल, अर्जुनप्रकाश अर्याल, तुलसी गिरी, गोविन्दकुमार रानाभाट, शिक्षक संघका केन्द्रिय उपसभापति लक्ष्मीप्रसाद रेग्मी, नेताहरु प्रेमराज पौडेल, धुव शर्मा पंगेनी, लिलबहादुर रनापाल, प्रकाश तिवारी, नेत्रप्रसाद पाण्डे, विक्रम सारु, भुपराज केसी, विष्णु काफ्ले, डोलराज पोख्रेल, माया राना, हेमप्रकाश गुरुङ, पशुपति पौडेल, तारा मल्ल, शिव संसार श्रेष्ठ लगायतले विपिको राजनितिक योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

जिल्ला सभापति एवं संबिधानसभा सदस्य राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यबहाक सभापति केदार काफ्लेले स्वागत एव. सचिव दामोदर लम्सालले संचालन गर्नुभएको थियो । यसैगरी, रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP