मिर्मी बजारमा अनुगमन अखाद्य बस्तु र पेयपदार्थ नष्ट गरियो ।
स्याङ्जा :
नेपालीहरुको महान चार्ड विजयादशमी तथा दिपावली र छठ लगायतका पर्वहरु नजिकिए संगै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले स्याङ्जा जिल्ला भित्रका मुख्य व्यापारीक केन्द्रहरुमा अनुगमनलाई तिब्रता दिएको छ त्यसै अनुरुपमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं.७ मिर्मी स्थित मिर्मी बजार अनुगमन गरेको छ ।
बिहिबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजना र कालीगण्डकी गाउँपालिकाको व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक दिपक पौडेलको नेतृत्वमा गएको टोलीले मिर्मी बजार अनुगमन गर्नु भएको र अनुगमनका क्रममा १० बोरा चामल विगत १ बर्ष अगाडि देखि मिति सकिएका रु १ हजार ५०० प्रतिबोरा पर्ने २० किलो चामल र २ क्रेट कोक २ वर्ष अगाडि देखि उपभोग्य मिति सकिएका पेयदार्थ खाल्टो खनेर नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।
केही पसलहरु बिना दर्ता सञ्चालन गरिएको केही पसलहरु नविकरण नगरिएका र अनुगमन गएको थाहा पाए पछि केही पसलहरुले सटरबन्द गरेको समेत जानकारी प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाको यस भन्दा अगाडि पनि बैशाख महिनामा अनुगमन गरेको र अहिले पनुः अनुगमन गरिएको र त्यसमा केही पसलहरुलाई सम्झाई बुझाई गरेर छोडेको र पछि पनि त्यस्तै अवस्था रहेमा कानुन बमोजिम कारबाही गरिने जानकारी दिनु भयो ।
अनुगमन कार्यमा उपभोक्ता मञ्चका स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनी,जिल्ला प्रशासन कार्यालय स्याङ्जाका लेखा अधिकृत प्रेम नारायण अर्याल, कालीगण्डकी गाउँपालिका वडा नं.७ का वडाअध्यक्ष ओम प्रकाश भट्टराई, मिर्मी बजार व्यवस्थापन समितिका अध्यक्ष ज्ञान प्रसाद भट्टराई प्रहरी ,पत्रकार स्थानीयहरुको लगायतको रोहोबरमा अनुगमन गरिएको बताउनु भयो ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


