आईफोन १५ प्रो किन्ने कि आईफोन १४ प्रो मै चित्त बुझाउने ?

काठमाडौं :
एप्पलले यो वर्षको आफ्नो वार्षिक कार्यक्रममा आईफोन १५ सिरिज घोषणा गर्याे । जसमा आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स रहेका छन् । यदि तपाईंले आईफोन १५ प्रोमा आँखा लगाइरहनु भएको छ भने याे लेख उपयाेगी हुनसक्छ ।
प्रो मोडेल हुनासाथ ब्याट्री लाइफ, क्यामेराको गुणस्तर र प्रोसेसरको क्षमतामा वृद्धि भएको हुनुपर्छ । गत वर्षको आईफोन १४ प्रो र यस पटकको १५ प्रोमा केही मात्र भिन्नता छन् । जस्तो; आईफोन १४ प्रोभन्दा आईफोन १५ प्रो ९ प्रतिशत हलुङ्गो छ ।
आईफोन १५ प्रोमा ए१७ प्रो (A17 pro) चिप पहिलो पटक हालिएको छ । एप्पलका अनुसार यो सबैभन्दा शक्तिशाली चिप हो । त्यस्तै आईफोन १५ का सबै मोडेल टाइटानियमबाट बनेका छन् ।
आईफोन १४ प्रो र आईफोन १५ प्रो कुन किन्ने भनेर थाहा पाउन अगाडि यी दुईबीच भिन्नता हेरौं:
आईफोन १४ प्रो |
आईफोन १५ प्रो |
|
डिस्प्ले |
६.१ इन्च (१२० हर्ज रिफ्रेस रेट भएको ओलेड (OLED) ) |
६.१ इन्च (१२० हर्ज रिफ्रेस रेट भएको ओलेड) |
तौल |
२०६ ग्राम |
१८७ ग्राम |
प्रोसेसर |
ए१६ बायोनिक चिप |
ए१७ प्रो चिप |
र्याम/स्टोरेज |
६ जीबी र १२८ जीबी/२५६ जीबी/ ५१२ जीबी/१ टीबी |
८ जीबी र १२८ जीबी/ २५६ जीबी/ ५१२ जीबी/१ टीबी |
ब्याट्री |
३२०० एमएएच र २० वाटको चार्जिङ |
३६५० एमएएच र २० वाटको चार्जिङ |
क्यामेरा |
मुख्य क्यामेरा ४८ एमपी, अल्ट्रावाइड १२ एमपी, टेलिफोटो १२ एमपी र फ्रन्ट १२ एमपी |
मुख्य क्यामेरा ४८ एमपी, अल्ट्रावाइड १२ एमपी, टेलिफोटो १२ एमपी, टेलिफोटो १२ एमपी (तीन गुणा) र फ्रन्ट १२ एमपी |
कनेक्टिभीटी |
फाइभजी |
फाइभजी |
मूल्य |
७९९ डलर (करिब एक लाख सात हजार रुपैयाँ)बाट सुरु |
९९९ डलर (करिब एक लाख ३३ हजार रुपैयाँ) बाट सुरु |
आईफोन १४ प्रो किन किन्ने ?
-सस्तो विकल्प
एप्पलले आईफोन १५ को लाइनअप घोषणा गर्नासाथ आईफोन १४ को मूल्य तल झर्याे । यसो हुँदा नयाँ आईफोन १५ का मोडेलहरू भन्दा आईफोन १४ का मोडेलहरू केही सस्तो हुन सक्छ ।
यदि तपाईं आईफोन १५ प्रोमा भएका धेरै फिचरहरू भएको उस्तै फोन किन्न चाहनुहुन्छ भने आईफोन १४ प्रो तपाईंको विकल्प हुन सक्छ । चिप र केही कुरामा गरिएको सुधार बाहेक आईफोन १४ प्रो र आईफोन १५ प्रोमा त्यस्तो खासै केही विभिन्न छैन ।
अब त आईफोन १४ प्रोको पनि मूल्य कम छ । यसकारण आईफोनमा राम्रो, तर सस्तो विकल्प खोजिरहनु भएको छ भने आईफोन १४ प्रो तपाईंका लागि विकल्प हुन सक्छ ।
-लाइट्निङ केबल
एप्पलले औपचारिक रुपमा लाइट्निङ केबल हटाएर आईफोन १५ का सबै मोडेलहरूमा यूएसबी-सी पोर्ट राखेको छ । अमेरिकाभन्दा बाहिरका प्रयोगकर्ताका लागि आईफोनहरूमा टाइप-सी पोर्ट हुनु निकै महत्त्वपूर्ण छ ।
यद्यपि युरोपियन संघले सबै विद्युतीय उपकरणहरूमा यूएसबी-सी अनिवार्य गर्न यस्तो नियम ल्याएकाले एप्पलले यसो गरेको हो । तर तपाईं अझै पनि लाइट्निङ केबल चाहनुहुन्छ भने आईफोन १४ प्रो रोजाइ हुन सक्छ ।
-सुनौलो रङ
एप्पलले सन् २०२३ मा पहिलो पटक सुनौलो (गोल्ड) रङमा आईफोन सार्वजनिक गरेको थियो । एसियाली ग्राहकलाई लक्षित गर्दै एप्पलले आईफोन फाइभमा यो रङ प्रयोग गरिएको थियो । तर पछि एप्पलले ‘प्लस’ र ‘प्रो’ मोडेलमा मात्रै यो रङ उपलब्ध गराउन थाल्यो ।
अहिले आईफोन १५ प्रोमा सान्स गोल्ड सहित टाइटन ग्रे, ब्लु, सिल्भर र स्पेस ब्ल्याकमा रङ दिएको छ । यसकारण सुनौलो रङको आईफोन चलाउन भने तपाईंले आईफोन १४ प्रो नै लिनु पर्ने हुन्छ ।
आईफोन १५ प्रो किन किन्ने ?
-एक्सन बटन
एप्पल वाच अल्ट्रामा पहिलो पटक एक्सन बटन हालिएको थियो । एक्सन बटनबाट कुनै एउटा निश्चित काम गर्न सकिन्छ । आईफोन १५ प्रोमा भने म्युट स्विचलाई हटाउँदै एक्सन बटन राखिएको छ।
तर यसले म्युट स्विचले जस्तै काम गर्छ । यसबाट शर्टकटहरू बनाएर एक्सन बटनबाट नै भ्वाइस मेमोज् र क्यामेरा खोल्ने जस्ता काम गर्न सकिन्छ । त्यस्तै एक्सन बटन भोल्युम अप र डाउन बटन जस्तो देखिन्छ । यदि यसको मजा उठाउन चाहनुहुन्छ भने तपाईंले आईफोन १५ प्रो किन्न सक्नुहुन्छ ।
यूएसबी-सी चार्जिङ
यूएसबी-सी चार्जिङ प्रयोग गर्ने एप्पलको पहिलो उत्पादन आईफोन १५ मोडेलहरू हो । एप्पल बाहेकका अन्य विद्युतीय उपकरणमा यूएसबी-सी सामान्य रहेको छ ।
यदि तपाईंसँग एप्पल बाहेकका अन्य ट्याब्लेट, हेडफोन, स्मार्टवाच लगायतका विद्युतीय उपकरण छन् भने तपाईंका लागि टाइप-सी चार्जिङ सिस्टम उपयोगी हुन सक्छ ।
त्यस्तै यूएसबी-सी केबलको रङ तपाईंले खरिद गरेको आईफोनको रङसँग मिल्छ । यी कुराको अनुभव गर्न तपाईंले आईफोन १४ प्रो लिन सक्नुहुन्छ ।
राम्रो पर्फर्मेन्स
एप्पलले पुरानो आईफोनहरूको ‘प्रो’ मोडेलमा प्रिमियम फिचर दिने गर्थ्यो । आईफोन १५ प्रोमा एप्पलले ए१७ प्रो चिप राखेको छ । यसले थप राम्रो र उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको छ ।
शक्तिशाली चिप, बढाइएको र्यामले आईफोन १५ प्रोको कार्यक्षमता स्वभावैले बढ्ने देखिन्छ । यदि तपाईंले फोनहरूमा यस्तो खोजिरहनु भएको छ भने आईफोन १५ प्रो किन्न सक्नुहुन्छ । -techpana
समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…