कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको मिति सर्‍यो ।

exam

काठमाण्डौ:

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति सरेको छ।  यही असोज ६ र ७ गतेलाई तय भएको परीक्षा असोज ९ र १० गतेलाई तय भएको हो।

ग्रेडवृद्धि परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन हुने छ।  असोज ९ गते मङ्गलबार अनिवार्य अङ्ग्रेजी (००४१) र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूले जुनै विषयको परीक्षा दिन पाउने छन्।

दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषय तर अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) विषयको परीक्षा दिनुपर्ने बताइएको छ।

दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिन पाइने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। यो परीक्षा असोज १० गते बुधबार सञ्चालन हुने छ।

 

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP