बाल दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
मणी प्रसाद अर्याल,
भाद्र २९,वालिङ :
बाल दिवसको अवसरमा स्याङ्जाको वालिङ नगरपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा विद्यार्थीहरुको बीचमा प्रतियोगिता सम्पन्न गरिएको हो ।‘सुनिश्चित बाल अधिकारः शिक्षा विकासको आधार’ भन्ने शीर्षकमा प्रतियोगिता सम्पन्न गरिएको हो ।
कार्यक्रममा वालिङ नगरपालिका प्रमुख कृष्ण खाँणले बालबालिका देशका कर्णधार भएको बताउँदै बालविकासको लागि नगरले विशेष योजना तर्जुमा गरेको उल्लेख गर्नुभयो । बालबालिकामा गरिएको लगानी सफल सावित हुनेमा विश्वास व्यक्त गर्दै नगरप्रमुख खाँणले बालअधिकारको सुनिश्चित गर्दै बालमैत्री नगर निर्माणमा नगरपालिकाले आवश्यक सम्पूर्ण कदमहरु चालेको जानकारी दिनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख कविता तिवारी गैह«ेले नगरको सुशासन विद्यालय तहबाट सुरु हुने बताउनुभयो । समाज र देश निर्माणको लागि सक्षम नागरिक निर्माणको लागि सुरुवातको चरण बालबालिका नै भएकोमा कुनै सन्देह नरहेको स्पष्ट पार्नुभयो ।
नगरले विद्यार्थीको क्षमता अभिवृद्धिको लागि आयोजना गरेका हरेक कार्यक्रममा सहभागिता जनाउन सम्पूर्ण विद्यालयहरुलाई आग्रह गर्दै उपप्रमुख गैह«ेले घरमा आफ्ना बालबालिकाहरुको लागि बालमैत्री वातावरण तय गर्नुपर्ने उल्लेख गर्नुभयो ।
प्रतियोगितामा वालिङका १८ वटा विद्यालयहरुका विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा उपल्लो पेखुका छात्रा सुजना थापा प्रथम, जनहित मा.वि.का पुजा तिवारी द्वितिय,पसिजोन इन्टिग्रेटेड एकेडेमीका सचिना चापागाई तृतिय तथा वालिङ बहुमुखी क्याम्पसका सुस्मिता नेपाली सान्त्वना भएका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


