पिसजोन इन्टिग्रेटेड एकेडेमी एलाई उपाधि
स्याङ्जा :
वालिङमा आयोजित अन्तर विद्यालय बुद्धिचालको उपाधि पिसजोन इन्टिग्रेटेड एकेडेमी एले हात पारेको छ ।
वालिङ नगर बुद्धिचाल सङ्घले वालिङमा जिल्लामै पहिलो पटक दुई दिनसम्म खेलाएको अन्तर विद्यालय स्तरीय बुद्धिचालमा पिसजोन एले १६ टोलीलाई पछाडि पार्दै उपाधि चुमेको हो ।
दोस्रो स्थान भूपू सैनिक मावि, पिसजोन इन्टिग्रेटेड एकेडेमी बि तृतीय र सान्त्वना स्थान पूर्णामृत भवानी माविले हात पारेको हो ।
प्रतियोगितामा प्रथमले सात, द्वितीयले पाँच, तृतीयले चार र सान्त्वनाले तीन हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । कार्यक्रममा १२ वटा विद्यालयका १७ टिमको सहभागिता रहेको आरबिटर राजन पहाडीले बताउनुभयो ।
तीन जना खेलाडी प्रत्येक टिममा रहेको प्रतियोगिता लिग सिस्टम छ राउण्ड खेलाइएको पहाडीले बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


