वालिङमा खुल्यो शेयर कारोबार गर्ने स्टक ब्रोकर नं ३२ को कार्यालय

वालिङ :
स्याङ्जाको वालिङमा प्रिमियर सेक्यूरिटिज कम्पनी लिमिटेडको कार्यालय समुद्घाटन भएको छ । छरिएर रहेको पूँजीलाई धितोपत्रमा लगानी गराई देशमा उद्यमशीलता विकास गर्ने उद्देश्यले स्थापना भएको प्रिमियर सेक्यूरिटिज कम्पनी लिमिटेडले शुक्रबार वालिङमा शाखा कार्यालय स्टक ब्रोकर नं ३२ को विधिवत समुद्घाटन गरेको हो ।
विगत केही महिनादेखि सेवा सुचारु गर्दै आएको कम्पनीको शाखा कार्यालय शुक्रबार समुद्घाटन गरिएको हो ।
कार्यालयको समद्घाटन गर्दै गण्डकी प्रदेश सांसद भोजराज अर्यालले नेपालमा २०४८ सालको निर्वाचन पछि निजी क्षेत्रलाई अगाडि बढाउने कामको थालनी भएको बताउनुभयो । निजी क्षेत्रको स्थापनाले आर्थिक चलायमान गराएको गण्डकी प्रदेश सांसद अर्यालले बताउनु भएको हो । विदेशमा कमाएर ल्याएको पैसा स्वदेशमा आएर कृषिक्षेत्रमा लगानी गरेका कतिपय युवाहरु बैंक वित्तीय संस्थाको कर्जा तिर्न नसकेर आत्महत्या गरेका घटना भएको औंल्याउँदै प्रदेशसभा संसदीय समितिका अध्यक्षसमेत रहनु भएका अर्यालले सोंच विचार गरेर लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
विशेषगरी युवाहरुलाई उत्प्रेरणा जगाउनेखालका कार्यक्रमले आम नागरिकलाई आकर्षित गर्नसक्छ भन्ने आँफूलाई लागेको उहाँले उल्लेख गर्नुभयो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ( नेप्से ) को सदस्य रहेको यस कम्पनीले खेर गएको पूँजीलाई आय आर्जनको बाटोमा सारथीकोरुपमा रहने विश्वास व्यक्त गर्नुभयो । धितोपत्र बोर्ड र शेयर बजार भनेको के हो ? यसमा लगानी गर्दा के कसरी लाभान्वित हुन सकिन्छ भन्ने स्पष्ट पारेर अगाडि बढ्न उहाँको सुझाव छ ।
कार्यक्रममा कम्पनीका सञ्चालक सन्तोष कुमार श्रेष्ठले वालिङमा स्थापित कार्यालयबाट शेयर कारोवारका साथै डिम्याट खाता सञ्चालन तथा घरमै बसेर पनि अनलाइन कारोवार गर्न सकिने जानकारी गराउनुभयो ।
समाचार
थप सामाग्री
कोटिहोम जेठ ३१ गते सम्म चल्ने, झन्डै ६ करोड सङ्कलन
१ हप्ता अगाडि
पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको…