नियमित बिद्युत सुनिश्चितताको माग
स्याङ्जा :
अर्जुन चौपारी गाउँपालिका ६ तमाखुबारीका १२५ घरधुरीमा नियमित बिद्युत सुनिश्चितताको माग गरेका छन् ।साहारा सामुदायिक बिद्युत उत्पादन तथा बितरण सहकारी मार्फत सेवा लिदै आएका यहाँका स्थानियले प्रभाबकारी सेवा नपाएको भन्दै गाउँपालिकामा नियमित बिद्युत सुनिश्चितताको माग गरेका हुन् ।
१०८ सेवाग्राहीले हस्तास्क्षर गरेको निबेदनमा सेवा प्रदायक साहाराबाट भोल्टेज कम आउने र नियमित मर्मत तथा प्रभाबकारी सेवा नपाएको गुनासो गरेका छन् ।
साहारा संस्थाले प्रभाबकारी सेवा दिन नसकेको बताउदै नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्रमा सेवा समाहित गरी दिन स्थानियले निबेदनमा माग गरेका छन् ।
स्थानिय डिल्लीराम ढकालले २०६३ सालबाट ८०÷२० को साझेदारीमा पाचँ लाख रकम तिरेर साहाराबाट बिद्युत सेवा लिएको बताउदै बर्षमा आधा समय मात्र प्रभाबकारी ढंगले बिद्युतको सेवा लिन पाएको बताउनुभयो ।
बिगत दुई महिनाबाट बिद्युतको ट्रान्सिमरट पडकेर सेवा नपाएको बताउदै ढकालले सेवा प्रदायक साहाराले चाँसो नदिएको बताउनुभयो । बिद्युत १५ दिनमा गाउँपालिकाको पहलमा तीन भोल्टको बत्ती बलेको बताउदै ढकालले कुटानी पिसानीको लागि एक घण्टा टाढाँ दरौ जानुको बिकल्प नभएको बताउनुभयो ।
बरु एक महिना अध्यारोमा बस्छौ तर सामुदायिक बिद्युत उत्पादन तथा बितरण सहकारीबाट बिद्युत प्राधिकरणबाटसेवा लिने ब्यवस्था गर्न आग्रह गर्नुभयो । पालिका अध्यक्ष प्रकाश तिवारीले बिद्युत प्राधिकरणसगँ समन्वय गरी प्रभाबकारी बिद्युतिय सेवा प्रानको लागि पहल गर्ने बताउनुभयो ।
सामुदायिक बिद्युत उत्पादन तथा बितरण सहकारीका काबा अध्यक्ष गोबिन्द रानाभाटले बिद्युत सेवा प्रभावित भएको जानाकारी रहेको बताउदै अहिले नै स्थानियले भने जस्तो प्रभाबकारी सेवा दिन असमर्थ रहेको बताउनुभयो । प्राधिकरणमा जोड्ने गरी पहल भैरहेको बताउदै रानाभाटले केहि समय स्थानियले दुख सहनुको बिकल्प नभएको बतउनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


