स्याङ्जामा ट्राफिक कारवाहीको जरिवाना अब बैंकिङ प्रणालीबाट बुझाउनु पर्ने ।
वालिङ :
स्याङ्जामा सवारी नियम उल्लङ्घनका कसुरहरुको जरिवाना वापतको रकम बैकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने नियम शुक्रबारबाट लागु भएको छ । सवारी नियम उल्लंघन कसुरमा भराउने सबै प्रकारका जरिवाना वापतको राजस्वलाई बैंकिङ प्रणालीमा भूक्तानी गर्नु पर्ने व्यवस्था लागु भएको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रविण आचार्यले आफूहरु तयारी अवस्थामा रहेको र केन्द्रबाट निर्देशन आउनासाथ आफूहरुले काम गर्न शुरु गर्ने बताउनु भयो । उहाँले भन्नुभयो,“हामी तयारी अवस्थामा छौं धेरै जिल्लामा शुरु हुन लागेकोले प्राविधिक पक्ष मिलाउने काम हुँदै गरेको जानकारी छ, काम शुक्रबारबाटै शुरु हुन्छ ।”
यो नियम लागु भए पश्चात सवारी कारवाहीमा परे उसले बैंकिङ प्रणालीबाट राजस्व जम्मा गरेपछि मात्रै कागजात र सवारी छुट्नेछ । यो प्रक्रिया पूरा गर्न बढिमा कम्तिमा २४ घण्टा लाग्नेछ ।
प्रहरी प्रधान कार्यालयले ट्राफिक भोइलेन्स रेकर्ड सिस्टम (टिभीआरएस) सफ्टवेयर प्रणालीको विकास गरेर देशभर एकीकृत रुपमा कार्यान्वयनमा ल्याउन लागेको आर्चायले बताउनु भयो । यो सिस्टमका आधारमा कारवाही सुरु हुन्छ, त्यसपछि सवारी नियम उल्लङ्घनको विवरण, सवारी चालक अनुमतिपत्र नवीकरणको विवरण, कारवाहीमा परेको विवरण देशभरमा हेर्न सकिनेछ । स्याङ्जामा सवारी नियम उल्लंघन कसुर गरेको सवारीले जरिवाना नभराई अन्य जिल्लामा पुगेर त्यहाँ पनि कारवाहीमा परे टिभिआरएस प्रणालीमा त्यो रेकर्ड हेर्न सकिनेछ । त्यसपछि पहिले स्याङ्जा कार्यालयको राजस्व दाखिला गरेर कागजात झिकेपछि मात्रै पोखरामा परेको कारवाहीको राजस्व दाखिला गरेर सवारीसाधन वा कागजात पाइनेछ । सवारी नियम उल्लंघनमा पहिलो पटक भएको भए ५ सय, दोस्रो पटक भए १ हजार र तेस्रो पटक भए १ हजार ५ सय जरिवाना लाग्छ । यस्तो जरिवाना भराउन अहिले ढड्डा पल्टाउनुपर्ने बाध्यता ट्राफिक प्रहरीलाई छ ।
राजस्व भूक्तानीका लागि अनलाइन बंैकिङ प्रणालीको सुविधा पनि लिन सकिनेछ । विभिन्न अनलाइन पेमेन्ट मार्फत भुक्तानी गर्न सकिने ट्राफिक प्रहहरीको भनाई छ । फोन–पे, खल्ती, ई–सेवा, कनेक्ट आइपिएस जस्ता माध्यमबाट समेत भुक्तानी गर्न सकिने प्रमुख आचार्यले बताउनु भयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले अहिले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा क्युआर कोड प्रयोग गरि सहजै भूक्तानीको सेवा उपलव्ध गराउने योजना प्रहरीको छ । प्रहरी प्रधान कार्यालयले अनलाइन भुक्तानीका लागि राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गरेको आचार्यले जानकारी दिनुभयो ।
file-pic
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


