आँखा पाक्ने रोग फैलिन नदिन स्याङ्जाका विभिन्न पालिकाले गरे विद्यालय बन्द ।

वालिङ, साउन २७ गते ।
स्याङ्जामा आँखा पाक्ने रोग फैलिएको भन्दै जिल्ला बिभिन्न पालिकाहरुले विद्यालय बन्द गरेकाछन् । आँखा पाक्ने रोग फैलिन नदिनका लागि विद्यालय बन्द गरिएको पालिकाहरुले जनाएका छन् ।
स्याङ्जाको वालिङ नगरपालिका, पुतलीबजार नगरपालिका,भीरकोट नगरपालिका र गल्याङ नगरपालिकाले चार देखि छ दिन सम्मको विद्यालय बन्द गरेको हुन् ।
आँखा पाक्ने रोगको संक्रमण फैलिन थालेपछि स्याङ्जामा विद्यालय बन्द गरिएको छ । बालबालिकामा आँखा पाक्ने रोगको संक्रमण बढी देखिन थालेपछि शिक्षण संस्थाहरु केहीदिनका लागि बन्द गरिएको हो । ग्रामिण क्षेत्रका पालिकाहरुमा भन्दा शहरीया क्षेत्रका पालिकाहरुमा आँखा पाक्ने रोगको संक्रमण फैलिन थालेपछि स्याङ्जाका स्थानीयतहरुले सुचना जारी गरेर केही दिनका लागि सामुदायीक र संस्थागत विद्यालय बन्द गरिदिन आग्रह गरेका छन् ।
दैनिक २५ देखी ३५ जना बालबालिकामा आँखा पाक्ने रोगको शिकार हुन थालेपछि यसको न्ूुनिकरण गर्न विद्यालय बन्द गर्नुपरेको पालिकाहरुले जनाएका हुन् । ११ पालिका मध्ये सबैभन्दा बढी संक्रमण वालिङ र पुतलीबजारमा देखिएको छ । वालिङ आँखा अस्पतालमा आँखाको बिरामीहरु दैनिक ७० भन्दा माथीको हाराहारीमा आउन थालेको जिल्ला आँखा उपचार केन्द्रका प्रमुख तेज गुरुङ्ले जानकारी दिनुभयो ।
यो रोग संक्रामक रहेकाले धेरै मानिसहरुको भिडभाडमा सजिलै सर्न सक्ने र धेरै संख्यामा यसको संक्रमण फैलन सक्ने चिकित्सकहरुले जनाएका छन् । आँखा पाक्ने रोगको संक्रमण रोक्नका अन्य विदाबाट कट्टी गरिने गरी विद्यालय बन्द गरिएको पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीको भनाई छ । यो बन्दले विद्यार्थीको कोर्षमा कुनै असर नर्गर्ने समेत उहाँको भनाई छ ।
आँखा रातो हुने, चिलाउने, आँखाबाट आसु बगिरने कचेरा तथा चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने सुनिने, आँखा विझाउने, दुख्ने, घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराई स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधी प्रयोग गर्न समेत पालिकाहरुले नागरिकलाइृ अनुरोध गरेका छन् ।

यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने भएकाले संक्रमित व्यक्तिको नजिक नजाने, संक्रमित भिडभाडमा नजाने, संक्रमित व्यक्तिले प्रयोग गरेका सामानहरु जस्तै रुमाल, सिरानी तन्ना प्रयोग नगर्ने, तथा जथाभावी आँखा नछुने, आँसु पुछ्नु परेमा छुनु अगाडि र छोईसकेपछि राम्रोसंग साबुन पानीले हात धुने, व्यक्तिगत सरसफाईमा ध्यान दिने जस्ता उपाय अपनाएमा यो रोग अर्थात आँखा पाक्ने रोगबाट बच्न सकिने आँखा उपचार केन्द्र वालिङका प्रमुख गुरुङको भनाई छ ।
जिल्लाका अन्य पालिकाहरुले समेत आंशिक रुपमा विद्यालय बन्द गर्ने तयारी गरेको जनाएकाछन् ।

 

Facebook Comments Box
TOP