स्याङ्जामा एक बर्षको अवधीमा चितुवाले ५२३ पशु चौपाया खायो
अर्जुन काफ्ले
स्याङ्जा, साउन २४ गते । स्याङ्जामा गत आर्थिक वर्षमा चितुवाले ५२३ वटा पशु चौपाया खाएको छ । तीन जना व्यक्तिलाई घाइते बनाएको छ । यहाँ चितुवाले ८८ बाख्रा, २२ भैँसी, पाडा, पाडी र १३ गाई, बाच्छा, बाच्छी खाएको हो ।
डिभिजन वन कार्यालयका प्रमुख होमबहादुर बल्छौडीले पालिकामा सबैभन्दा धेरै आँधिखोलामा २६६ वटा, वालिङमा १५१ वटा, पुबनपामा ६६ वटा र अन्य पालिकामा ४० वटा पशु चौपाया खाएको बताउनुभयो । चितुवाको आक्रमणमा अर्जुन चौपारी, आँधीखोला र वानपामा एक–एक जना मानिस घाइते भएको बल्छौडीले बताउनुभयो ।
उहाँले चितुवाको आक्रमणबाट घाइते मानिसलाई उपचारको बिलको आधारमा एक लाख ११ हजार ७६५ रुपियाँ राहत प्रदान गरेको बताउनुभयो । यस्तै, पशु चौपायाको क्षति भएका परिवारलाई १५ लाख ८५ हजार २६५ रुपियाँ राहत प्रदान गरिएको उहाँको भनाइ छ ।
सब-डिभिजन वन कार्यालयको छानबिन, वडाको सिफारिस, पालिका पशु शाखाको सिफारिस र राहत रकम सिफारिस समितिको अन्नपूर्ण संरक्षण क्षेत्रलाई पठाएको विवरणको आधारमा राहत रकम प्रदान गरिएको छ ।
चितुवाको आक्रमणबाट मरेका पशु चौपायाको आकार हेरेर बाख्राको बढीमा १० हजारसम्म र भैँसी तथा गाइको बढीमा २५ हजारसम्म क्षतिपूर्ति प्रदान गरिएको बल्छौडीले बताउनुभयो ।
चितुवाले तथ्याङ्कभन्दा धेरै पशु चौपाया खाएको बताउँदै डिभिजनल प्रमुख बल्छौडीले टाढाबाट आउँदा बढी खर्च हुनेभएकाले राहतको माग दाबी नगरेको बताउनुभयो । Gorkhapatraonline.com/ pic-file
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


