जिल्ला अस्पताल स्याङ्जामा एघार महिनापछि मेडिकल सुपरिटेन्डेन्ट
स्याङ्जा :
पुतलीबजार नगरपालिका ३ स्थित जिल्ला अस्पताल स्याङ्जाले ११ महिनापछि अस्पताल प्रमुख (मेडिकल सुपरिटेन्डेनट) पाएको छ ।
पर्वत जिल्ला अस्पतालबाट सरुवा भई आएका डा.रूक्विना अधिकारीले शुक्रवार अस्पतालमा हाजिर भएर कामकाज सुरु गरेको अस्पताल संचालक समितिका अध्यक्ष इन्द्रबहादुर गोदारले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकार अन्र्तगतको सो अस्पताल गएको कात्तिकदेखि प्रमुख बिहीन थियो। त्यसपछि सोही अस्पतालमा कार्यरत वरिष्ठ नर्स कृष्णकुमारी कार्कीले निमित्त भई संचालन गर्दै आउनु भएको थियो ।
डा. अधिकारीसंग यसअघि म्याग्दी र पर्वत जिल्ला अस्पतालका काम गरेको अनुभव छ । अधिकारीले म्याग्दीमा कार्यक्रम अधिकृत र पर्वत जिल्ला अस्पतालमा झण्डै डेढ बर्ष प्रमुख भै काम गरेको बताउनुभयो ।
नागरिकका स्वास्थ्य सेवा छिटो, छरितो र प्रभावकारी बनाउने उदेश्यलाई अस्पतालका सबै प्रकारका कर्मचारी, संचालक समिति र सरोकारवाला सबैसंग सहकार्य गर्दे अघि बढ्ने उहाले बताउनुभयो ।
अस्पताल संचालक समितिका अध्यक्ष इन्द्रबहादुर गोदार, निमित्त प्रमुख कृष्णकुमारी कार्की सहित सदस्य लगायत अस्पतालका कर्मचारीले स्वागत गर्दै अस्पतालका अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो
समाचार
थप सामाग्री-
स्याङ्जा नागरिकता किर्ते प्रकरण : प्रशासकीय अधिकृतसहित तीन कर्मचारी र एक जना पुर्पक्षका लागि कारागार चलान
-
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।
-
स्याङ्जाकी आयुष्मा काफ्लेले राष्ट्रिय वक्तृत्वकलामा सयजनालाई पछि पार्दै चौथो स्थान हासिल ।
-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले गरेको विशेष चेकजाँचका क्रममा ठूलो परिमाणको नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।…


