स्याङ्जाका विनोद एनआरएनए अमेरिकाको युवा संयोजक निर्वाचित
स्याङ्जा :
स्याङ्जाका तेज पौडेल (विनोद) गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएनए) को युवा संयोजक निर्वाचित भएका छन् ।
युवको सहभागिता प्रभावकारी हुनुपर्ने अभियानसहित चुनावी मैदानमा होमिएका पौडेल अन्ततः आगामी कार्यकाल २०२३–२५ का लागि युवा संयोजक चुनिन सफल भएका हुन् ।
आफ्नै जन्मदिनमा गरिमामय पद युवा संयोजकमा निर्वाचित भएकोमा सबैको विश्वासलाई काममा बदल्ने अठोट उनले गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘जन्मदिनको उपहारस्वरुप हजुरहरुले दिएको यो विश्वासलाई म काममा बदल्ने छु । आफ्नो अमूल्य मत प्रदान गरी विजयी गराउनुभएकोमा सम्पूर्ण अमेरिकावासी नेपालीहरुलाई हार्दिक आभार प्रकट गर्दछु ।’ उनले आफ्नो चुनावी एजेण्डा जसरी दुईवर्षे कार्यकालमा एनआरएनको सदस्य बन्दा पनि गर्व गर्न सकिने संस्था बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
स्याङ्जाको आरूचौरमा जन्मिएका पौडेलले उच्च शिक्षाको क्रममा पोखरामा केही समय सञ्चारकर्ममा पनि बिताएका थिए ।
लामो समय अमेरिकाको क्यालिफोर्निया बसाइँपछि हाल उनी टेक्सासलाई कर्मथलो बनाउँदै आएका छन् । पेसाले कम्युटर सफ्टवेयर इन्जिनियरिङमा एक दशक बिताएका उनी हाल इन्फरमेसन सेक्युरिटी मेनेजररुपमा कार्यरत छन् । उनले सफ्टअप नामको सफ्टवेयर कम्पनी (स्टार्टअप) स्थापना गरेर नयाँनयाँ सफ्टवेयर पनि बनाउँछन् । उनको कम्पनीमा नेपालमा करिब २ दर्जन नेपाली युवाले रोजगारी पाएका छन् ।
सानैदेखि सामाजिक काममा रुची राख्ने विनोद अमेरिकामा रहँदै गर्दा पनि मातृभूमि नेपाल र नेपालीका लागि काम गर्ने विभिन्न संस्थामा आबद्ध भई सहयोग गर्दै आएका थिए ।
एनआरएनए अमेरिकाको युथ टाक्स फोर्स (२०१९–२१) को सदस्यसचिव समेत भएका उनले जनसम्पर्क समिति नर्दनक्यालिफोर्निया च्याप्टरमा सहसचिव, अनेसास क्यालिफोर्नियाको सचिव, युथ कंग्रेस अमेरिकाको सचिव तथा नेजामा सदस्यसमेत सफलतापूर्वक भूमिका निभाएका छन् ।
उनी भन्छन्, ‘अरुले गरेनन् भन्दै दोष दिनुभन्दा संकल्प लिएर आफैँ अघि सर्नुपर्छ ।’ आदर्शसमाज दैनिक
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


